Home / Feature Breaking news / अनुशासन र आदेश पालना नगरेको भन्दै डिएसपीलाई कारबाही

अनुशासन र आदेश पालना नगरेको भन्दै डिएसपीलाई कारबाही

भैरहवा, ३१ वैशाख

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी भीमलाल भट्टराई कारबाहीमा परेका  छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले उनीमाथि अनुशासन र आदेशको पालना नगरेको भन्दै कारबाही गरेको हो । उनलाई बुधबार बिहानदेखि उक्त कार्यालयको जिम्मेवारीबाट हटाइएको छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले डीएसपी भट्टराइलाई अनुशसधान र कारबाहीको सिलसिलामा प्रदेश प्रहरी कार्यालय दाङमा काजमा खटाइएको बताए । डीएसपी भट्टराईलाई कुन–कुन घटनामा कारबाही गरिएको हो ? भन्ने बारेमा अहिले स्पष्ट पारिएको छैन ।

मुख्यमन्त्रीको स्कर्टिङ गर्ने विषयमा उनले बेवास्ता गरेको, आफूभन्दा माथिल्ला प्रहरी अधिकृतले दिएको आदेशको पालना नगरेको र समन्वय नगरेको आरोपमा उनलाई उक्त कार्यालयको जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*