Home / Feature Breaking news / कालापानीमा सशस्त्रको फौज राख्न उड्यो सेनाको हेलिकोप्टर

कालापानीमा सशस्त्रको फौज राख्न उड्यो सेनाको हेलिकोप्टर

काठमाडौं- सरकारले दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज (बिओपी) राख्ने निर्णय गरेसँगै पोष्ट स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टर आज विहान त्यसतर्फ प्रस्थान गरेको छ।
गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार पा.डा. इन्द्रजीत राई र सशस्त्रका एआइजी ईश्वरबाबु थापा काठमाडौंबाट दार्चुला गएका छन् ।
राई र थापाकाे टोली दार्चुला पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीकाे टाेली लिएर छाङरु जाने छ। नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक बनाएपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटाउन लागिएको हो ।
छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा रहेको छ।
पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटिने जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टकाअनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ।
छाङ्रु जाने टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयार गरिएको छ। स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने तयारी गरिएको छ।
भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि नेपालमा भारतको विरोध गर्दै आन्दोलन भइरकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*