Home / Feature Breaking news / बर्दियाकी काेराेना संक्रमीत बालिकालाई नेपालगञ्ज लगिदै

बर्दियाकी काेराेना संक्रमीत बालिकालाई नेपालगञ्ज लगिदै

बर्दिया — कोरोना संक्रमित बालिकालाई राख्‍न खजुरास्थित क्यान्सर अस्पतालमा बेड नभएपछि नेपालगन्ज लगिने भएको छ ।

राजापुर नगरपालिका-५ की ११ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्यान्सर अस्पताल लाने तयारी गरिएको थियो । कोरोना संक्रमितको उपचारका लागि राखिने महिला बेड अस्पतालमा छैन ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खजुरामा व्यवस्थापन हुन नसकेपछि मंगलबार बेलुकासम्म नेपालगन्ज लैजाने बताए । संघीय र प्रदेश सरकारसँग समन्वय गरी नेपालगन्ज पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

संक्रमित बालिका गत चैत ५ गते हजुरआमासँग कैलालीको धनगढी उपहानगरपालिका मझगाउँस्थित आफन्तको घर गएकी थिइन् । फर्किएपछि दुवैलाई वैशाख ५ गते क्‍वारेन्टाइनमा राखिएको थियो ।

बालिका बसेको क्वारेन्टाइनमा रहेका ३३ जनाको पनि स्वाब परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*