Home / Feature Breaking news / काेराेना रिपाेर्ट आउन किन यति ढिला ?

काेराेना रिपाेर्ट आउन किन यति ढिला ?

दाङ, ३० वैशाख
काेराेना भाईरस भए नभएकाे परिक्षणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेकाे ढिलाईप्रति सर्वसाधारणले आश्चर्य व्यक्त गरेका छन् ।
स्याब संकलन गरेकाे लामाे समयसम्म पनि रिपाेर्ट समर्वजनिक नभए पछि सरेवसाधारणहरू आश्चर्य व्यक्त गर्दै सामाजिक सञ्जालमा प्रश्न गर्न थालेका छन् ।

विशेष गरि अमेरिकाबाट आएका नारायणपुरका एक पुरूषमा लामाे समय ज्वराे आएकाले काेराेनाकाे अाशंकामा स्याब संकलन गरेकाे चार दिनसम्म पनि परिक्षणकाे रिपाेर्ट सार्वजनिक नहुँदा दाङबासी त्रासमा रहेका छन् । नारायणपुर क्षेत्रका बासिन्दाहरूमा झनै अत्यधिक त्रास रहेकाे छ ।
“समयमै रिपाेर्ट आएकाे भए जस भए नि ढुक्क हुन्थ्याे नि पाेजेटिभ आए साेही अनुसार अगाडि बढ्न हुन्थ्याे, नेगेटिभ आए ढुक्क हुन्थ्याे” नारायणपुरका एक व्यवसायीले भने- “याे त ढुकचुककाे अवश्था भयाे, साेचेरै विरामी भईएला जस्ताे भईसक्याे ।”

“शनिवार बेलुका रिपाेर्ट आउछ कि भनेर पर्खीयाै अाएन । आईतवार नि १०५ जनाकाे रिपाेर्ट अायाे तर जसमाथी उच्च शंका हाे उसैकाे आएन” उनले भने- “साेमवार नि आएन, आज विहान ८ बजे आउछ भन्ने हल्ला थियाे अहिलेसम्म आउदैन ।”
उनीसँग सम्पर्कमा भएका व्यक्तीहरू उच्च त्रासमा छन् भने नारायणपुर क्षेत्रमा बासिन्दाहरू त्रासमा रहेका छन् ।
यश विषयमा बुझ्नकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक कारणले गर्दा रिपाेर्ट अाउन ढिला भएकाे बताएकाे छ । यस विषयमा थप बुझ्नकालागी प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देबकाे फाेन उठेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*