Home / Feature Breaking news / भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी

भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमा हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी दिएको छ ।
भारतप्रति वर्तमान सरकारको लाचारीपन खुला रूपमा प्रकट भएको आरोप लगाएको छ ।
लिपुलेक नेपालको भूमि भएको भन्दै सो पार्टीले तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको जनाएको छ ।
भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको उल्लेख गर्दै सो पार्टीले भारतविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।
विप्लव समूहको अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला (कञ्चन)ले आइतबार विज्ञप्ति जारी गर्दै अहिलेको सरकारको कदमविरुद्ध संघर्षमा उठ्न नेपाली जनतालाई अपिल गरेको छ ।
भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*