Home / Feature Breaking news / गौतम लघुउद्योगद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

गौतम लघुउद्योगद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

दाङ, २३ बैशाख ।

घोराही उपमहानगरपालिका–१५ मा रहेको गौतम लघु उद्योगद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरेका छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको समयमा दैनिक फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सहयोग पु¥याउने उद्देश्यले गौतम लघु उद्योगले ५० पिस सेनेटाइजर बोत्तल,मास्क ५० वटा र ५० पिस ह्याण्डवास सहयोग गरेको हो । घोराही–१५ गौतम टोल निवासी समाजसेवी राजिव गौतमद्धारा सञ्चालित प्रभु लद्युउद्योगका माध्यमबाट सेनेटाइजर, ह्याण्डवास उत्पादन गर्दै आएका छ ।

उक्त सागम्री गौतमले मंगलवार नेपाल पत्रकार महासघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव उदय जिएम,नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन,सचिव भुपेन्द्र वली र कोषाध्यक्ष आरे.के. शीतललाई गौतमका शुपुत्र सिद्धार्थ गौतमले हस्तान्तरण गरेका थिए । जोखिमको समयमा जिल्लामा रिपोटिङमा खटिने क्रियाशिल सञ्चारकर्मीहरुलाई वितरण गरिने नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष आर.के.शीतलले जानकारी दिएका छन ।

सेनेटाइजर,मास्कर ह्याण्डवास सहयोग गर्ने गौतम लघुउद्योगलाई नेपाल पत्रकार महासंघ दाङ शाखाले धन्यावाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*