Home / Feature Breaking news / घाेराही ५ काे बसेरी खोला र सिन्दुरेका ३५ परिवारलाई खाद्यान्न सहयोग

घाेराही ५ काे बसेरी खोला र सिन्दुरेका ३५ परिवारलाई खाद्यान्न सहयोग

दाङ, २२ बैशाख ।

घोराही उपमहानगरपालिका–५ को विकट क्षेत्र बसेरी खोला र सिदुरेका ३५ विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसको महामारीको समयमा दैनिक मजदुरी गरि खाने दुर्गम दुई गाउँका ३५ घर परिवारलाई प्रतिघर एक बोरा चामल, एक प्याकेट नून र एउटा सावन सहयोग गरेको घोराही उपमहानगरपालिका वडा नं. ५का वडा सचिव लक्ष्मण अधिकारीले जानकारी दिएका छन ।

घोराही उपमहानगरपालिका वडा ५ को कार्यालय र त्रिभुवन नगर जेसीजको सहयोगमा चामल, नून र सावुन सहयोग गरिएको थियो । जेसीजले ५०० किलो चामल, ३५ प्याकेट नून र ३५ वटा सावुन सहयोग गरेको थियो भने वडा कार्यालयले तीन सय ३५ किलो चामल सहयोग गरेको हो ।

वडा अध्यक्ष दाहालले उक्त खाद्यान्न सामग्र्री घोराही उपमहानगरपालिका–३ को मसोट खोलाबाट विभिन्न परिवारलाई हस्तान्तरण गरेका थिए । विपद्को समयमा समस्या परेका परिवारहरुलाई वडा कार्यालयले राहत स्वरुप सहयोग गरेको जानकारी दिएका छन । त्यसै गरी उनले सहयोग गर्ने त्रिभुवन नगर जेसीजलाई धन्यावद समेत दिएका छन ।

त्यस अवसरमा घोराही उपमहानगरपालिका वडा अध्यक्ष बिष्णुमणि दाहाललगायतकाले राहत सामग्री विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।

सहयोग कार्यक्रममा वडा नं. ५ अध्यक्ष दाहाल,वडा नं. ३का अध्यक्ष माधव चौधरी, वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेय, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी,त्रिभुवन नगर जेसीजका महासचिव मिनराज भाटलगायतको सहभागिता रहेको थियो ।

वडाले वडाका दुई सय ८३ घर पविारलाई चामल, दाल,नून, तेल,सावुनलगायतका सामग्र्री सहयोग गरेको वडा अध्यक्ष दाहालले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*