Home / समाचार / महिला सामुदायिकद्वारा दोश्रो चरणको राहत, रोल्पा र सल्यानमा सहयोग

महिला सामुदायिकद्वारा दोश्रो चरणको राहत, रोल्पा र सल्यानमा सहयोग

देविराम कुसारी
दाङ, २२ वैशाख ।

महिला सामुदायीक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले दोश्रो चरणको राहात सहयोग सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनबाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले दोश्रो चरणको सहयोग प्रदान गर्न सुरु गरेको संस्था प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिनुभयो ।

प्युठान र दाङका स्थानिय तहबाट पहिलो चरणमा आड लाख बढिको राहत सुहयोग गरेको संस्थाले दोश्रो चरणमा दाङ सहित सल्यान र रोल्पामा राहात प्रदान गरिरहेको हो । दोश्रो चरण अन्तरगत संस्थाले सल्यानका शारदा र बाघचौर नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र दाङको घोराही उप–महानगरपलिकालाई सहयोग प्रदान गरेको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिनुभयो ।

दोश्रो चरण अन्तरगत संस्थाका बरिष्ठ प्रबन्धक पवन योगीले घोराही उप–महानगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी बडा नंं ७ का वडा अध्यक्ष खोपीराम चौधरीलाई संस्थागत रुपमा १६ हजार एक सय रुपैयाँको खाद्यान्न हस्तान्तरण गनुर्भको छ ।

त्यसैगरी सल्यानको शारदा नगरपालिकाको विपत बव्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका अधिकृत शरद गिरीले नगर प्रमुख सुरेश अधिकारीलाई संस्थागत रुपमा २० हजार नगद प्रदान गनुर्भकाउ छ भने बाघचौर नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका अधिकृत नम बहादुर केसीले ३० हजार रुपैयाँ प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतलाई संस्थागत रुपमा प्रदान गर्नुभएको हो ।

संस्थाले रोल्पाका त्रिवेणी गाउँपालिकालाई ३० हजार नगद सहयोग प्रदान गरेको छ । त्रिबेणी गाउँपालिका रोल्पाको विपत व्यवस्थापन कोषमा जम्मा हुनेगरी गाउँपालिका प्रमुख शान्तकुमार वलीलाई संस्थाका अधिकृत केशश शर्माले ३० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

यसै गरि अन्य स्थानिय निकायसँगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*