Home / Feature Breaking news / कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार

कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार

कपिलबस्तु९ वैशाख । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ ।

शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दिपशमशेर जबराका अनुसार घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन् ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*