Home / समाचार / ज्योतिपूञ्जकाे नतिजा एप्सबाट सार्वजनिक, अनलाईन पढाई सुरु

ज्योतिपूञ्जकाे नतिजा एप्सबाट सार्वजनिक, अनलाईन पढाई सुरु

दाङ, १८ बैशाख ।

दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यालयको बार्षिक नतिजा मोवाइल एप्सबाट सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यालयको मोवाइल एप्स मार्फत बार्षिक नतिजा सार्वजनिक गरेको हो ।

अभिभावकहरुले आफ्ना बालबालिकाहरुले मार्कसिट नै मोवाइल एप्समा सजिलरी हेर्न सक्ने गरी बार्षिक नतिजा प्रकाशन गरिएको विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावक,विद्यार्थी र विद्यालय बिचको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षामा गुणस्तरीयता आउने मान्यताका आधारमा विद्यालयले गतबर्षदेखि मोवाइल एप्स सञ्चालनमा ल्याएको हो ।
विद्यालयले संचालनमा ल्याएको मोबाइल एप्सबाट अव अभिभावकहरुले आफ्ना छोराछोरीहरुको तिर्नुपर्ने र तिरेको शूल्क थाहा पाउन,भुक्तानी गर्न,गृहकार्य तथा कक्षाकार्यको बारेमा थाहा पाउन,विभिन्न आवधिक परीक्षाहरुको समय तालिका र नतिजा थाहा पाउन,विद्यालयले जारी गरेका विभिन्न सूचनाहरुको बारेमा जानकार रहन,विद्यालयमा संचालन हुने विभिन्न कार्यव्रmमहरुको फोटो तथा भिडियोहरु हेर्न,विद्यार्थीहरुको दैनिक हाजिरी विवरण थाहा पाउन,विद्यालयको बसको लोकेसनको विषयमा थाहा पाउन,विद्यार्थीलाई दिइएको व्यक्तिगत पृष्ठपोषण र अभिभावकहरुले आफ्ना छोराछोरीहरुको बारेमा विद्यालय प्रशासनलाई दिने सुझावहरु समेत आफ्नो मोबाइलबाट थाहा पाउँदै आएका छन ।
चार वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङले पठनपाठनका लागि शूल्क फिर्ता कार्यव्रmम,पठन पाठनमा मल्टिमिडियाको प्रयोग,मासिक परीक्षा संचालन,नियमित योग,संस्कार,मेडिटेसन कार्यव्रmम संचालन,मासिक अभिभावक शिक्षा र अन्तरकृया संचालन,पिएचआर कार्यव्रmमको संचालन,सबै कक्षाहरुको पठन पानठनलाई सि.सि. क्यामेराबाट निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,तोकिएको संख्यामा सिमित संख्या मात्र कक्षाकोठामा राखिने,आकर्षक छात्रवृत्तिका कार्यव्रmमहरु,विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यव्रmमहरु संचालन गर्दै आइरहेको विद्यालयका प्रवन्ध निर्देशक शर्माले जानकारी दिनुभयो ।

अनलाइनबाट पढाई शुरु
चैत्र ५ गते विद्यालय तहको परिक्षा सम्पन्न गरे पछि घरमै बसेका विद्यार्थीहरुलाई लक्षीत गगरेर ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यलायले अनलाइनबाट पढाई पनि शुरु गरेको छ । लकडाउनका कारण तत्काल पहिलेजस्तै विद्यालय खुलेर वातावरण पूर्ण रुपमा सहज हुन केहि समय लाग्न सक्ने आँकलनका साथ अनलाइन पढाई शुरु गरिएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।
तत्कालका लागि कक्षा ८,९ र १० कक्षाका विद्यार्थीहरुका लागि दैनिक समय तालिका बनाएर अनलाईन पढाई शुरु गरिएको र अन्य कक्षाका विद्यार्थीहरुलाई समेत पठनपाठनमा ब्यस्त गराउनका लागि कक्षा अध्यापकले अभिभावक मार्फत विद्यार्थीहरुलाई घरमै बसेर पढाईमा लाग्न पे्ररित गर्ने खालका कार्यमा ब्यस्त गराइएको प्रिन्सिपल अधिकारीको भनाई छ । आफूहरु अभिभावकहरुको निरन्तर सम्पर्कमा रहेको र लकडाउन लम्विदै गए अन्य कक्षाहरुका विद्यार्थीहरुलाई समेत अनलाइन प्रविधिबाट पढाउने गरी विद्यालयले योजना बनाइरहेको विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयको पूर्ण ब्यवस्थापनमा रामपुरमा सञ्चालनमा रहेको विलियम शेक्सपियर अग्रेजी विद्यालयमा पनि नतिजा सार्वजनिक गरी ज्योतिपूञ्ज विद्यालयकै मोडेलमा नतिजा सार्वजनिक, विद्यार्थी र अभिभावकबिचको सम्पर्कमा काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*