Home / Feature Breaking news / दाङमा लकडाउनकाे समयमा पसल खोल्ने ७ व्यापारी पक्राउ

दाङमा लकडाउनकाे समयमा पसल खोल्ने ७ व्यापारी पक्राउ

दाङ, १८ वैशाख

तुलसीपुर– लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले बिहीबार ७ जना व्यापारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा फेन्सी, स्टेशनरी र जुत्ताका पसल सञ्चालक रहेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । पटक पटक सम्झाउँदा पनि अटेर गरेपछि पक्राउ गरिएको र तिनलाई लकडाउन पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएपछि केही बेर इलाका प्रहरी कार्यालयमा राखेर छाडिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*