Home / Feature Breaking news / नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बाराका दुई जनामा र वीरगञ्जको एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित तीनै जना भारतबाट नेपाल आएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*