Home / Feature Breaking news / भिडभाड बढेपछि पुरानै नियम, हप्तामा तीन दिन विहानमात्र पसल खुल्ने

भिडभाड बढेपछि पुरानै नियम, हप्तामा तीन दिन विहानमात्र पसल खुल्ने

दाङ,१६ बैशाख ।

लकडाउनको समयमा दिउँसो अत्यावश्यक पसल खोल्दा बजारमा भिडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय दाङले पुनः विहान पसल खोल्ने गरी व्यवस्था मिलाएको छ ।

हिजो मात्रै घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय दाङले मंगलबारदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रशासनको निर्णय अनुसार मंगलबार दिउँसो अत्यावश्यक सामन खरिदका लागि मानिसहरु बजारमा निस्किएपछि भिडभाड भएको थियो ।

दिउँसोमा भिडभाड बढि भएर गुनासो आएपछि पुन ः विहानै पसल सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

‘विहानभन्दा दिउँसो सहज होला भनेर आजदेखि दिउँसो पसल खोल्ने व्यवस्था मिलाएका थियौं’–प्रमुख जिल्ला अधिकारीले भने–‘तर बजारमा दिउँसो झनै भिडभाड देखिएपछि विहानकै समय उपयुक्त हुने देखियो ।’

जस अनुसार अव पुरानै तालिका अनुसार आइतवार, मंगलवार र शुक्रवार विहान पसलहरु सञ्चालन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*