Home / साहित्य विशेष / जीवन नै करार भएपछि…

जीवन नै करार भएपछि…

बाेधराज रेग्मी, पर्वत

सुमधुर त्यो सम्बन्ध मै दरार भएपछि
आज निजी जीवन नै करार भएपछि

उपहास लाग्ने रैछ, अनि उदास लाग्ने रैछ
जिन्दगीका चाह सबै फरार भएपछि

खुशी हरू लुट्ने रैछ,भक्कानो यो फुट्ने रैछ
अतितका सम्झना नै उपहार भएपछि

मन त साह्रै रुने रैछ, एकोहोरो हुने रैछ
आकांक्षा मा अन्धाधुन्ध प्रहार भएपछि

घाउ धेरै गड्ने रैछ अनि पीडा बढ्ने रैछ
सारा मीठा सपना हरु संहार भएपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*