Home / मनोरञ्जन / लकडाउनमा कलाकारको दैनिकी

लकडाउनमा कलाकारको दैनिकी

दाङ, १४ वैशाख

कोरोना भाईरस (केभिड–१९) को संक्रमण विश्वभर फैलिएको छ । विश्व नै कोरोना भाईरसको संक्रमणबाट संकटको अवश्थामा छ । नेपालमा पनि दिनप्रतिदिन संक्रमीतहरुको संख्या बढ्दै गईरहेको छ । सरकारले संक्रमण नफैलियोस् भनेर देशभर लकडाउन घोषणा गरेको एक महिना बितिसक्यो । लकडाउनका कारण सम्पूर्ण क्षेत्रमा ठुलो नोक्सानी भएको छ । कला क्षेत्र पनि यसको मारका परेको छ । कलाकारिता पनि लकडाउनका कारण ठप्प छ ।

टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रृखलाहरु पनि यो समयमा बन्द नै रहेका छन् । कतिपय कलाकारहरु यो समयमा घरमै पुगेर परिसँग रमाईरहनुभएको छ । सधै व्यस्त हुने कलाकारहरु यो समयमा परिवारसँग बिताईरहेको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट भईरहेको देख्न सकिन्छ ।

कलाकारितामा राष्ट्रिय स्तरमै चर्चीत केही कलाकारहरुलाई लकडाउनको समयमा के गर्दै हुनुहुन्छ भनेर सोधेका छौ । उहाँहरु हामीलाई पठाउनुभएको जवाफ जस्ताको त्यस्तैः

पल्पसा डंगोल(चम्चुरी)– हास्य कलाकार

लकडाउनको समयमा धेरैधन्दा धेरै समय परिवारलाई दिएको छु । छोरीहरुलाई धेरै कुरा सिकाउने अवसर पाएको छु । कौशीमा गार्डेन बनाउने समय पाए । नहेरेका नेपाली फिल्म हेदैृछु, किताबहरु पढ्दैछु । सकारात्मक सोचका साथ दिनहरु बिताईरहेको छु ।

प्रीती आले– गायिका

नयाँनयाँ परिकार बनाउन सिक्दैछु । व्यस्त हुँदा आफ्नो ख्याल राख्न नि पाईदैन थियो । आजभोली आफ्नै स्याहार सुहार धेरै नै भईरहेको छ ।

सम्झना लामीछाने मगर– गायिका

लकडाउनको समयमा घरमै बस्ने हैन । घरमै परिवारसँग सुरक्षीत भएर बसिरहेको छु । देश विदेशमा रहेका नेपालीहरुसँग कुराकानी गर्ने । समाचारहरु हेर्ने, पढ्ने । टाईम पास गर्न गाह्रो हुन्छ अनि टिकटक बनाउने । कहिले हास्ले कहिले रुने । पुराना पुराना गीतहरु यूट्यूबमा हेर्ने । सामाजिक सञ्जालमा रमाउने । अब लकडाउन पछि के गर्ने बन्ने योजना बनाउदै छु ।  

रमेशराज भट्टराईः गायक

लकडाउनको पूर्ण रुपमा पालना गरेको छ ु । पुराना पढ्न चाहेर पनि पढ्न नपाएका पुस्तकहरु पढेको छु । फेसबुक च्याटमा बोल्दैन ठुलो हुन्छ भन्नेहरुसँग मज्जाले गफ गरेको छु । टिकटक बनाउन र हेर्नमा खुब रमाएको छु । सबैभन्दा महत्वपूर्ण कुरा बुवाआमा लगायत परिवारलाई समय दिन पाएको छु । यसरी चल्दैछ मेरो लक डाउन ।

मरिचमान श्रेष्ठ (बल्छी धुव्रे)ः हास्य कलाकार

यो लकडाउनको समयमा चाँही म चाँही घरमै बसिरहेको छु । घरभित्रै लकडाउन नाम राखेर सिरियल बनाईरहेको छु । दर्शकहरुले मन पराईरहनुभएको छ । खासै केही छैन । सरकारले गरेको यो लकडाउन भएदम राम्रो हो । किनकी भारतसँग खुल्ला सिमा नाकाहरु छ सजगता अउनाको राम्रै कुरा हो यो ।

अनिता बस्नेतः हास्य कलाकार

लकडाउनलाई सदुपयोग गर्दै केही जनचेतनामूलक तथा रमँईला भिडियोहरु बनाउछु । लकडाउनकाका कारण समस्यामा रहेका व्यक्तीहरुलाई भोको रहन नदिन व्यक्तीगत रुपमा सक्दो सहयोग गरिरहेको छु ।

रश्मी तामाङ– मोडल

चहना त धेरै छ । दुखीहरुको सेवा गर्ने तर चाहेर पनि गर्न सकेको छैन । घरमा परिवारसँग बस्ने, बेलाबेलामा टिकटक बनाउने, मुभी हेर्ने यसरी ने बितिरहेको छ लकडाउनको समय ।

विनु साक्यः मोडल

लकडाउनमा परिवारसँग समय विताईरहेको छु । त्यो बाहेक बेलाबेलामा डान्सको अभ्यास गर्ने, नयाँ नयाँ स्टेपहरु सिक्ने, भिडियो बनाउने । सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्छु । यसरी नै बितिरहेको छ दिनहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*