Home / Feature Breaking news / पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं, १५ वैशाख ।
साइबर क्राइमको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सरकारका गतिविधिविरुद्धमा आलोचना गर्दै आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नकारात्मक टिप्पणी गरेको भन्दै उनलाई प्रहरीले बुधबार बेलुकी ललितपुरबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*