Home / Feature Breaking news / मध्यरातमा वन क्षेत्रमा बाटाे खन्ने स्काभेटर चालकसहित नियन्त्रण

मध्यरातमा वन क्षेत्रमा बाटाे खन्ने स्काभेटर चालकसहित नियन्त्रण

दाङ, १५ वैशाख

लकडाउनको मौका छोपी वन क्षेत्रमा बाटो खनिरहेको आरोपमा डिभिजन वन कार्यालय दाङको टोलिले चालक सहित एउटा स्क्याभेटर नियन्त्रणमा लिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित च्यानगैरा देखी श्रीचौर जाने गोरेटोबाटोमा विना अनुमति स्क्याभेटर प्रयोग गरी बाटो खनिराखेको अवस्थामा शुक्रबार राती साढे १ बजे डिभिजन वन कार्यालय दाङ बाट खटि गएको गस्ती चालकलाई पक्राउ गरी बाटो खन्न प्रयोग गरिरहेको स्क्याभेटर नियन्त्रणमा लिएको छ ।
च्यानगैरा देखी श्रीचौर जाने बाटो खन्ने शिलसिलामा दुवीचौर राष्ट्रिय वन खण्डमा बाटो खनिरहेको अवस्थामा रा १ क ७५९ नम्बरको स्क्याभेटर प्रयोग गरिएको डिभिजन बन कार्यालय दाङले जनाएको छ ।

४ देखी ८ मिटर सम्मको चौडा अन्दाजी ८ सय मिटर बाटो खनिसकेको अवस्थामा वंगलाचुली गाँउपालिका वडा नं. २ वस्ने वर्ष २५ का थम बहादुर घर्ति मगरले उक्त स्क्याभेटर चलाएका थिए ।

चालकलाई दाङ देउखुरी जिल्ला अदालतबाट भिडियो कन्फिरेन्सिङ्ग मार्फत १५ दिनको म्याद थप घटनाको अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।

घटनाको विस्तृत अनुसन्धान भईरहेको अनुसन्धानबाट दोषी पत्ता लगाई घटनामा संलग्नहरुलाई प्रचलित कानूनी बमोजिम कार्वाही गरिने डिभिजन वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*