Home / Feature Breaking news / बिप्लवनिकट नेकपाकी नेतृ चन्द आठौं पटक पक्राउ

बिप्लवनिकट नेकपाकी नेतृ चन्द आठौं पटक पक्राउ

बिप्लवनिकट नेकपाको भ्रातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धुकुमारी चन्दलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

यसअघि विभिन्न जिल्लाबाट पक्राउ पर्दै आएकी चन्दलाई आइतबार दाङ प्रहरीले पक्राउ गरेको हो। उनी पक्राउ परेको यो आठौं पटक हो।

सार्वजनिक मुद्दामा २५ दिन प्रहरी हिरासतमा बसेकी चन्दलाई आज आइतबार जिल्ला प्रशासन कार्यालय दाङले थुनामुक्त गर्न आदेश दिएको थियो।

सोही आदेशअनुसार २ हजार रुपैयाँ धरौटीमा छुटेकी चन्दलाई प्रहरीले पुनः जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरेको हो।

२०७५ साल चैत ११ गते अछाम जिल्लाबाट पक्राउ परेकी चन्दलाई जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले पटक-पटक थुनामुक्त गर्न आदेश दिने गरे पनि प्रहरीले पक्राउ गर्दै आएको छ। पक्राउ परेकी चन्दलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु लैजाने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*