Home / Feature Breaking news / रोल्पाली ढाङढुङ्गे समाजद्धारा ४० घरपरिवारलाई खाद्यान्न सहयोग

रोल्पाली ढाङढुङ्गे समाजद्धारा ४० घरपरिवारलाई खाद्यान्न सहयोग

दाङ,१३ बैशाख । रोल्पाली ढाङढुङ्गे कुरेली समाज दाङले लकडाउनको अवधिमा समस्यामा परेका ४० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

सरकारले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेपछि दैनिक मजदुरी गरि खाने गरिव तथा विभिन्न घरपरिवारलाई समस्या परेपछि समाजले घोराही र तुलसीपुरका ४० घरपरिवारलाई खाद्यान्न सहयो गरेको हो ।

kailash roka

लकडाउनका क्रममा समस्यामा परेका घर परिवारहरुलाई रोल्पाली ढुङढुङगे कुरेली समाजले चामल, दाल, पिठो, तेल,नूनलगायतको खाद्यान्न सहयोग गरिरहेको रोल्पाली ढाङढुङ्गे कुरेली समाजका बरिष्ठ सल्लाहकार कैलाश रोकामगरले जानकारी दिएका छन ।उनका अनुसार लकडाउनको समयमा घरमा खाद्यान्न सकिएर चुलो बल्नै समस्या भएका घोराही उपमहानगरपालिका–१३, १४, १५ र १७ सँगै तुलसीपुर उपमहानगरपालिका–१५ कालाखोलालगायतका विभिन्न स्थानमा बस्दै आएका ४० घरपरिवारलाई खाद्यान्न उपलव्ध गराएको हो । समाजले प्रतिघर २५ केजीको एक बोरा चामल, दुर्ई किलो दाल, पाँच केजी पिठो, दुई पोका तेल र एक पोका नुन सहयोग गर्दै आएको समाजका अध्यक्ष नारायणप्रसाद रोकामगरले जानकारी दिएका छन ।

अध्यक्ष रोकामगरले कलडाउनका क्रममा घरमा खाद्यान्न सकिएर समस्यामा परेका घरपरिवारहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन । सहयोग अभियानमा सामाजका अध्यक्ष नारायणप्रसाद रोकामगर, सचिव सुरेन्द्र घर्ति, कोषाध्यक्ष प्रेम बुढामगर, समाजका वरिष्ठ सल्लहाकार कैलाश रोकामगरलगायतको सक्रियता राहत वितरण गरिएको हो । समाजले लकडाउनका क्रममा समस्यामा परेका जिल्लाभरका समाजका सदस्यहरुलाई राहत वितरण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*