Home / Feature Breaking news / तरकारी किसान भन्छन–‘तरकारी फल्यो, बेच्ने ठाउँ छैन’

तरकारी किसान भन्छन–‘तरकारी फल्यो, बेच्ने ठाउँ छैन’

लिलाधर वली
दाङ,१२ बैशाख । लकडाउनका कारण बजार नपाउँदा किसानले उत्पादन गरेको तरकारी बारीमै खेर जान थालेको छ। घोराही उपमहानगरपालिका ८ दुन्द्रा र अन्य स्थानका किसानले उत्पादन गरेको तरकारी लकडाउनका कारण बिक्री नभएपछि खेर जान थालेको हो।

घोराही उपमहानगरपालिका ८ दुन्द्राको केसी बहुउद्देश्य कृषि फर्मको ८ बिगाहा बढी क्षेत्रफलमा लगाएको तरकारी लकडाउनका कारण बिक्री हुन सकेको छैन। बारीमा अहिले ४० क्वीन्टलभन्दा बढी स्क्वीस अर्थात् सानो फर्सी छिप्पिन थालिसकेको केसी बहुउद्देश्य कृषि फर्मका सञ्चालक वसन्त राजवंशीले बताए। तरकारी टिप्नलाई तयार भए पनि बजार बन्दले टिप्न नसकेको उनले बताए।

‘बजार बन्द नभएको भए अहिले अहिले स्क्वीसलगायतका तरकारी टिप्नुपर्ने अवस्था भएको छ’, उनले भने, ‘तर बजार बन्द छ, टिप्न सकिएको छैन। तरकारी छिप्पिएर खेर गइरहेको छ।’ उनले स्क्वीस मात्र नभई लौका, करेला, भेंडे खुर्सानी, बोडी, क्राँका, बन्दाकोभी, काउलीलगायतका तरकारी खेर जान थालेको बताए।

स्थानीय नवराज केसीसँग मिलेर राजवंशीले दुन्द्रामा ८ बिगाहा जमिनमा तरकारी खेती गर्दै आएका छन्। आधुनिक प्रविधिका माध्यमबाट खेती गर्दै आएका उत्पादित तरकारी दाङको स्थानीय बजारसँगै बुटवल, नारायणगढ, काठमाडौंसम्म पु¥याउने गरे पनि यो वर्ष जिल्लामै बिक्री गर्न समस्या भएको राजवंशीले बताए।

लकडाउनका कारण तरकारीमा गरिएको लगानी डुब्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। उनका अनुसार तरकारीमा करिब ५२ लाख रुपैयाँ लगानी गरेका छन्।

उनको जस्तै चिन्ता छ, घोराही उपमहानगरपालिका–१० मा रहेको खड्का कृषि फर्मका सञ्चालक महेन्द्र खड्कालाई। करिब १० बिगाहा क्षेत्रफलमा स्क्वीस, लौका, फर्सी, बोडी, करेलालगायतको तरकारी उत्पादन भएर बिक्री गर्ने अवस्थामा भए पनि लकडाउनका कारण बजार बन्द हुँदा तरकारी खेर जाने गरेको उनको पनि गुनासो छ। ‘तरकारी बारीमा उत्पादन छ, तर अहिले बिक्री गर्ने बजार छैन,’ खड्काले भने, ‘जसले गर्दा अहिले तरकारी बारीमै कुहिन थालेको छ।’

अहिले दैनिक २० देखि २५ क्वीन्टल तरकारी उत्पादन हुने गरे पनि बिक्री भने २ देखि ३ क्वीन्टल मात्र हुने उनले बताए । ‘लकडाउनका कारण बजार बन्द छ, जसका कारण तरकारी बाहिर पठाउन पाएका छैनौं’, उनले भने, ‘तरकारी बाहिर पठाउन नपाउँदा बारीमै खेर जाने गरेको छ।’

उद्योग बाणिज्य संघको सिफारिसमा घोराही र नारायणपुर बजारमा तरकारी बिक्री गर्ने गरे पनि बजार बन्द हँुदा निकै न्यून मात्रामा तरकारी बिक्री हुने गरेको उनले बताए।

घोराही उपमहानगरपालिका–१७ बर्गदीमा पहिलोपटक सञ्चालनमा आएको दाजुभाइ बहुउद्देश्य कृषि फर्मका युवाहरुलाई पनि यस्तै समस्या छ। करिब १४ लाख रुपैयाँ खर्च गरेर पहिलोपटक पाँच जना युवाहरुले संयुक्तरुपमा व्यावसायिक तरकारी खेती शुरु गरेका थिए। तर तरकारी उत्पादन भएर बिक्री गर्ने समयमा भएको लकडाउनका कारण समस्या आएपछि अहिले उनीहरु चिन्तित देखिएका छन्।

करिब ७ बिगाहा क्षेत्रफलमा लगाएको तरकारी अहिले उत्पादन भइरहेको दाजुभाइ बहुउद्देश्य कृषि फर्मका सचिव प्रज्ज्वल डिसीले बताए। फर्ममा काँक्रा उत्पादन भइरहेको छ। त्यस्तै टमाटर, लौका, सिमी र सिम्ला मिर्चा उत्पादनको तयारीमा रहे पनि लकडाउनका कारण बिक्री गर्न सक्ने अवस्था छैन। जसका कारण आफूहरु समस्यामा परेको उनले बताए।

‘अहिले थोरै उत्पादन हुने गरेको छ, थोरै उत्पादन गाउँघरसँगै अनलाइनबाट बजारसम्म बिक्री गर्दै आएका छौं’, उनले भने, ‘तर भोलि ठूलो मात्रामा उत्पादन हुन थाल्यो भने हामीलाई बिक्री गर्न धेरै नै समस्या हुनेछ।’ जिल्लामा किसानहरुले उत्पादन गरेका तरकारी बारीमै फालिने तर कोरोना संक्रमणको जोखिमकै बीच भारतबाट तरकारी ल्याएर बिक्री हुन थालेपछि घोराही र तुलसीपुर उपमहानगरले बाहिरबाट तरकारी ल्याउन बन्देज लगाएका छन््। खेतबारीमा रोपेको तरकारी उत्पादन भए पनि बिक्री गर्न नपाउँदा किसानहरु समस्यामा परेका छन्। घोराही उपमहानगरपालिका र उद्योग वाणिज्य संघको पहलमा केही किसानहरुले गाडीमार्पmत तरकारी बिक्री गर्ने व्यवस्था मिलाएपछि बजार पूर्ण बन्द हुँदा तरकारी बिक्री नहुने गरेको किसानहरुले गुनासो गरेका छन्।

कोल्ड स्टोरमा हरियो तरकारी एकहप्ता मात्रै

लकडाउनका कारण बजार बन्द रहँदा जिल्लामा व्यावसायिक रुपमा ठूलो मात्रामा तरकारी खेती गरेका किसानहरुको तरकारी बिक्रीमा समस्या भएको छ। तर दाङका विभिन्न स्थानहरुमा निर्माण भएका कोल्ड स्टोरहरु भने खाली छन्। यो बेला किसानका उत्पादनलाई त्यहाँ राख्न सकिँदैनरु भन्ने जिज्ञासामा कोल्डस्टोर सञ्चालकहरु भन्छन्, ‘हरियो तरकारी बढीमा एक हप्ता जति मात्रै सुरक्षित हुन्छ।’

व्यवसायीहरुले फलफूल, आलु, बोडी, प्याजलगायतका तरकारी कोल्डस्टोरमा राख्ने गरे पनि हरियो तरकारी नगन्य मात्रामा आउने गरेको बिजी एग्रिकल्चर प्रालिका अध्यक्ष हेमराज वञ्जाडेले जानकारी दिए। हरियो तरकारीका रुपमा रहेका लौका, करेला, भिण्डी, काक्रा, बोडी, सिमीलगायतका तरकारीहरु कम्तीमा एक हप्ता राख्न सकिने उनले बताए।

‘उत्पादन गरेको तरकारीलाई खेर फाल्नभन्दा कोल्ड स्टोरमा राख्दा राहत दिनसक्छ’, प्रालिका अध्यक्ष बञ्जाडेले भने, ‘तर फलपूmलका साथै आलु, केराउ, बोडी, प्याजलगायतका तरकारीहरु लामो समय पनि राख्न सकिन्न।’

दुई मेट्रिक टन कोल्ड स्टोरको क्षमता रहे पनि क्षमताअनुसार जिल्लामा तरकारी तथा फलफूल नआउने गरेको उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*