Home / समाचार / लक्ष्मीपुर सामुदायिक होम कोरेन्टाइनमा २९ जना

लक्ष्मीपुर सामुदायिक होम कोरेन्टाइनमा २९ जना

शालिकराम मुसाफिर
लहलौरा,१२ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले स्थापना गरेको वडा स्तरको सामुदायिक होम कोरेन्टाइनमा १२ गतेसम्म बस्नेको संख्या २९ पुगेको छ ।

क्वारेन्टाइनमा काठमाडौं, पोखरा, नुवाकोटलगायतका स्थानबाट आएका ९ जना महिला र २० जना पुरुष रहेको क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र केसीले जानकारी दिएका छन । उनीहरु बैशाख ८ गतेदेखि ११ गतेसम्ममा आएका हुन् । उनीहरुलाई दुई हप्तासम्म उक्त क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष भूपबहादुर केसीले जानकारी दिएका छन । उनीहरुको नियमितरुपमा नगर स्वाथ्य क्लिनिक तुलसीपुर १६ ले चेकजाच गरिरहेको स्वास्थ्य क्लिनिकका प्रमुख थलबहादुर बुढाथोकीले जानकारी दिएका छन ।

यसैबीच उक्त क्वारेन्टाइनमा खाद्यान्न तथा अन्य आवश्यक सामाग्री स्थानीय दाताहरुले उपलब्ध गराइरहेका छन् । पछिल्लो पटक बिजौरी उद्योग वाणिज्य संघले १० जार पिउने पानी , तुलसीपुर नगरपालिकाबाट १ सय २५ केजी चामल, ५ केजी नुन, १ गोटा नेट, १० गोटा साबुन उपलब्ध गराएको छ । त्यसैगरी मंगलम वालुवा प्रशोधन केन्द्र ग्वारखोला का प्रो. माधव बुढाथोकीले २ सय केजी चामल, तुलसीपुर–९ दोघरे निवासी यज्ञ बहादुर के.सी.ले ५ सय केजी चामल, सेवा इट्टा उद्योगका प्रो सुरेश बस्नेतले ६ सय के.जी चामल र तुलसीपुर–१९ निवासी हरी जिएमले १ पेटी अण्डा उपलब्ध गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*