Home / Feature Breaking news / सामाजिक सञ्जालमा गालीगौज गर्ने कुतुव फारुकी विरुद्ध उजुरी

सामाजिक सञ्जालमा गालीगौज गर्ने कुतुव फारुकी विरुद्ध उजुरी

दाङ,११ बैशाख । सामाजिक सञ्जालमा दाङ जिल्ला उद्योग वाणिज्य संघ बिरुद्ध लेख्ने घोराही १४ का एक जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयलाई कारवार्ही गर्न संघले आग्रह गरेको छ । दाङ उद्योग वाणिज्य संघले आँफू बिरुद्ध सामाजिक सञ्जालमा तथानाम गाली गलौज गरेर लेख्ने घोराही १४ का कुतुव फारुकी बिरुद्ध प्रहरीलाई निवेदन लेखेको हो ।

कोरोना संक्रमणको त्रासका कारण सरकारले लागु गरेको लकडाउनमा उद्योग वाणिज्य संघले कालोबजारी गरेको लगायतका गम्भीर आरोप लगाएका थिए । सामाजिक सञ्जालमा उद्योग वाणिज्य संघ बिरुद्ध आपत्तिजनक शब्द प्रयोग गरि गाली गलौज गरेपछि हामीहरुले ती व्यक्ति बिरुद्ध कारवार्हीका लागि प्रहरीमा उजुरी गरेका छौँ,’ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले भने,‘उद्योग वाणिज्य संघले लकडाउनको मौका छोपेर कालोबजारी गरेको सम्मका आरोप उनले लगाएका थिए ।’

सामाजिक सञ्जालमा तथानाम लेख्न थालेपछि उद्योग वाणिज्यसंघले उनलाई छलफलका लागि बोलाएको समेत थियो । तर छलफलमा आउन समेत अस्वीकार गरेका उनी झन पछि झन उद्योग वाणिज्य संघ बिरुद्ध सामाजिक सञ्जाालमा खनिएका थिए । ‘उद्योग वाणिज्यसंघलाई उनले लगाएको आरोपका बिषयमा छलफल गरौँ भनेर उनलाई बोलायौँ पनि,’अध्यक्ष भुषालले भने,‘‘तर झन पछि झन सामाजिक सञ्जाालमा उग्र बनेर लेख्न थालेपछि हामीहरु कानुनी उपचारको बाटोमा लागेका हौँ ।’ साथै भुषालले लकडाउनको अवधिमा स्थानीयहरुलाई अतिआवश्यक सामाग्रीहरु उपलब्ध गराउन घरदैलो अभियान थालेको उद्योग वाणिज्य संघबाट कुनै कालोबजारी नभएको समेत वताए । उद्योग वाणिज्य संघप्रति व्यक्तिगत असन्तुष्टि राख्नेहरुले यसलाई कालोबजारी देखेको भएपनि आमसर्वसाधारणहरुलाई भने यसलाई उद्योग वाणिज्य संघको सेवा भनेर बुझ्न समेत अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*