Home / Feature Breaking news / सिकारीकाे पञ्जाबाट चित्तलको जिवितै उद्धार

सिकारीकाे पञ्जाबाट चित्तलको जिवितै उद्धार

दाङ, ११ बैशाख ।

डिभिजन वन कार्यालय दाङको टोलीले एउटा बन्यजन्तु चित्तलको जिवितै उद्धार गरेको छ ।
तुल्सीपुर उपमहानगरपालिका वडा नं १५ पतकौली स्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट बिहिवार दिउँसो चित्तलको जिवितै उद्धार गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

डिभिजनल प्रमुख ज्ञवालीका अनुसार नदी उकास क्षेत्रमा बृक्षरोपण गरी वन कायम भएपछि लकडाउनका समयमा गाउँनजिकै रहेको वनमा चर्न आएको चित्तललाई गाउँका युवाहरुले सिकार गर्ने क्रममा घाइते बनाएको अवस्थामा चित्तलको उद्धार गरिएको हो ।
स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटिलखेटि मार्न लागेको भन्ने सुराकी पाएपछि डिभिजनल वन अधिकृत ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई फेला पारेर ल्याएको छ ।

दुई गाउँका युवाहरुले चित्तललाई पक्राउ गरेको र उक्त चित्तल मारेर लगाइने भागबण्डाको बिषयमा बिवाद भएपछि चित्तल पक्राउ गरिएको घटना बाहिर आएको थियो । टोलीले चित्तललाई पक्रेर सामुदायिक वन भवनको कोठामा थुनेको अवस्थामा फेला पारेको थियो । उद्धार गरिएको चित्तललाई अहिले डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखि औषधी उपचार शुरु गरिएको छ ।

घटनामा संलग्न भएकाहरुको खोजी कार्य तिव्र पारिएको कार्यालयले जनाएको छ ।
लकडाउनको समयमा डिभिजन वन कार्यालय दाङले वनगस्तिलाई तिव्र पारेको छ ।

मंगलबार पनि पश्चिम दाङको शान्तिनगरबाट सिकार गरिरहेको अवस्थामा भरुवा बन्दुक सहित चार जनालाई पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय दाङले लकडाउनको अवधिमा बिभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । यस अवधीमा ४ वटा टेक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोलीबारुद, गुलेली र मटेङग्रा बरामद गरेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी. ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*