Home / Feature Breaking news / दाङका मस्दिजमा भेटिएनन् लुकेकाहरु

दाङका मस्दिजमा भेटिएनन् लुकेकाहरु

दाङ, ९ वैशाख ।

उदयपुर र पर्साका मस्जीदहरुमा मुस्लीम धर्मालम्बीहरु लुकेर बसेको समाचार सार्वजनिक ्भएपछि दाङका मस्जिद तथा मदरासाहरूमा पनि अनुगमन गरिएको छ । भारतबाट आएका मुस्लिम समुदायका  व्यक्तीहरु लुकेको हुनसक्ने भएकाले दाङका मस्जिद तथा मदरासाहरूमा अनुगमन गरिएको हो । जिल्लाका २१ वटा मस्जीद एवं मदरसामा अनुगमन गरिुएको हो ।

अनुगमनका क्रममा लुकेर बसेको अवस्थामा नभेट्टिएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएके छ । जिल्ला प्रशासन कार्यालय दाङका शाखा अधिकृत हिमाल विश्वकर्मा, रिपुमर्दन गण घोराहीका मेजर श्याम थापा, मानव अधिकार कर्मी तथा मुस्मिल संगठनका केन्द्रिय सचिवालय सदस्य एबम् दाङ जिल्ला इन्चार्ज साजीदा सिद्धिकीको टोलीले अनुगमन गरेको हो ।

आइतबार र सोमबार दुई दिन सबैको अनुगमन गरिएको हो । तुलसीपुर, घोराही, शान्तिनगर, लमही, गढवा, गंगापरस्पुर, कालाकाँटे, भालुवाङ, कोइलाबास, राजपुर र देविकोटम रहेका मस्जीद तथा मदरासामा अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*