Home / Feature Breaking news / प्रचण्डको उच्चस्तरिय राजनीतिक संयन्त्रको प्रस्तावबारे प्रधानमन्त्रीले भने- कुण्ठाग्रस्त मानसिकता
फाईल तस्वीर

प्रचण्डको उच्चस्तरिय राजनीतिक संयन्त्रको प्रस्तावबारे प्रधानमन्त्रीले भने- कुण्ठाग्रस्त मानसिकता

काठमाडौ, ७ वैशाख

रधामन्त्री केपी शर्मा ओलीले अहिले उच्चस्तरिय राजनीतिक संयन्त्रको कुरा गर्न कुण्ठाग्रस्त मानसिकताको  उपज भएको बताएका छन्।

राष्ट्रिय समाचार समितिलगायत सरकारी सञ्चारमाध्यमलाई शनिबार साँझ दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले संसारका कुनै पनि देशमा कोरोना महामारीसँग लड्न त्यस्तो संयन्त्र नबनेको बताए।

उनलाई ‘सरकारले यी काम त गरिरहेको छ। कोरोना भाइरसको सामनाका लागि उच्चस्तरीय संयन्त्र गठनको कुरा पनि आएको छ तर तपाईँले किन त्यसलाई अस्वीकार गर्नुभयो?’ भन्ने प्रश्न सोधिएको थियो।

जवाफ प्रधानमन्त्री ओलीले भनेका छन्- यो प्रश्न म तिनैलाई सोध्न चाहन्छु कि आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ? विश्वका कतिपय देशमा संयुक्त सरकार छन्, कुनै अल्पमतका सरकार छन्। त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्को संयन्त्र छ? कुन प्रजातान्त्रिक वा व्यवस्थाको मुलुकको छ ?

जबकि नेपालको वर्तमान सरकार दुईतिहाइ नजिकको बहुमत र जनादेशप्राप्त सरकार हो। सरकारले कोरोनाविरुद्ध चालेका कदममा सबै राजनीतिक दल, क्षेत्र र आम जनताको समर्थन र सहकार्य छ। सबैबाट आएका उपयुक्त सुझावलाई ग्रहण गर्न सरकार तयार छ। सरकारले उचित समन्वय गरिरहेको छ। सरकारले संविधान र कानूनअनुसार उत्तरदायित्व पूर्णरूपमा  काम गर्छ।

त्यसैका लागि जनतासँग शपथ लिएको सरकार हो यो। अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन्। नागरिक समाज पनि राख्नुपर्ने भनिएको छ ? अनि कुन नागरिक राख्ने वा छुटाउने? त्यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्छ। अन्यथा मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो। यस्ता कुराहरुको कुनै अर्थ छैन।

यसअघि नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न आफू प्रधानमन्त्री भएको भए उच्चस्तरिय संयन्त्र बनाउँथे भनेर अन्तर्वार्ता दिएका थिए ।

सेतोपाटिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*