Home / समाचार / निमुखाको दर्शक मात्र बन्यो सरकारः देउवा

निमुखाको दर्शक मात्र बन्यो सरकारः देउवा

दाङ, ५ वैशाख

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा खाने, बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर हिँडेर मानिसहरू गन्तव्यमा गइरहेको बताएका छन्।

सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने भए पनि सरकारमा बसेकाहरू निमुखाको कठीन यात्राको दर्शक मात्रै भएको देउवाको भनाइ छ।

शुक्रबार फेसवुकमा लेख्दै देउवाले राजधानीबाट घर गइरहेका जनतालाई तत्काल गाँस, बासको प्रवन्ध गर्न माग गरेका हुन्।

‘काठमाडौंमा श्रम गरिरहेका नागरिकहरू खाना र बास बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका छन्,’ सभापति देउवाले भनेका छन्, ‘सरकारको भरथेग सबभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो। तर सरकारमा बसेकाहरू ति निमुखाको कठीन यात्राको दर्शक मात्रै भएका छन्।‘

देउवाले पैदलै हिँडेर गन्तव्यमा गइरहेकालाई घर पुर्‍याउन माग गरेका छन्।

‘राजधानीबाट घर जाने ति जनताहरूलाई तत्काल गाँसबासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्‍याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु,’ देउवाले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*