Home / समाचार / लकडाउनमा तरकारी व्यापारको सिण्डिकेट

लकडाउनमा तरकारी व्यापारको सिण्डिकेट

दाङ, २ वैशाख

कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउन लम्ब्याईरहेको छ । लकडाउनको समयमा नागरिक बाहिर निस्कन नपाउने भएपछि खाद्यान्न तथा तरकारी एबं फलफूल उपलब्ध गराउन ‘होमडेलिभरी’ सेवा सुरु भयो । घरमै यि सामानको उपलब्धता हुनु आम सर्वसाधारणहरुका लागि निकै सहज भयो पनि  ।

तर तरकारी तथा फलफूल व्यवसायिहरुले भने होमडेलिभरी सेवाका नाममा सर्वसाधारणहरुमाथि दम्भ देखाउने गरेका छन् । सर्वसाधारणहरुले तरकारी तथा फलफूल व्यवसायिहरुबाट अमानवीय व्यहार सहनु परेको गुनासो गरेका छन् । उनिहरुले ब्यापारमा पूर्णरुपमा सिण्डिकेट लादेका छन् । गाडीमा फलफूल तथा तरकारी बोकेर आउने व्यापारीहरुले तरकारी छान्न समेत दिँदैनन् ।

व्यवसायिहरु आँफैले हालिदिने भएका कारण कुहिएका तरकारी तथा फलफूल खान बाध्य हुनु परेको एक सर्वसाधारणले जानकारी दिए । ‘छुन पाईन्न भनेर तरकारी छान्न पनि दिँदैनन्,’ ति सर्वसाधारणले भने ‘आँफै हालिदिन्छन्, कुहिएका तरकारी समेत हालिलिएका हुन्छन् ।’ सर्वसाधारणहरुका अनुसार उनिहरुले रुखो व्यवहार समेत गर्ने गरेका छन् । ‘उनिहरुले जस्तो दियो, हामीहरुले त्यस्तै खानु पर्ने भएको छ,’ एक सर्वसाधारणले भने ‘हामी केहि बोल्यो कि झपार्छन् ।’

घरघरमा सेवा दिने नाममा व्यवसायिहरुबाट गरिएको यो ज्यादती रोकिनु पर्ने सर्वसाधारणहरुको माग छ । ‘घरघरमा सेवा दिने नाममा आफ्नो व्यापार व्यवसायलाई मात्रै हेरिएको छ,’ उनले भने ‘अहिले बजारमा देखिएको यो समस्या समाधानका लागि पहल गरियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*