Home / समाचार / दलित नेता केशव परीयारद्वारा वादि समुदायका १५ परिवारलाई खाद्यान्न सहयोग

दलित नेता केशव परीयारद्वारा वादि समुदायका १५ परिवारलाई खाद्यान्न सहयोग

दाङ, २ वैशाख

परीयार सेवा समाजका केन्द्रिय सदस्य एवं दलित संघका नेता केशव परीयारले कोरोनाको कारण भएको लकडाउनको समयमा खाद्यान्य अभावमा रहेका पन्ध्र घरपरीवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गर्नुभएको छ ।

लकडाउनको समयमा खाद्यान्य समस्यामा रहेका  घोराही उपमहानरपालिका वडा नं १३ का १५ वादि समुदालयका घरपरीवारलाई राहत सहयोग गर्नुभएको हो ।

घोराही १३ का नवदुर्गा भवानी टोल बिकास संस्थाको अध्यक्ष रञ्जिता नेपालीलाई हस्तान्तरण गरीएको प्रेस संया्ेजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

राहत उपलब्ध गराएकोमा परीयार सेवा समाजलाई टोलको तर्फबाट रञ्जीता नेपालीले धन्यवाद दिनुभएको थियो ।
समुदायमा पिछडिएका, विपन्नबर्गका व्यक्तिहरु लाई सहयोग गर्दै आउनुभएका केशव परीयारले राष्ट्र संकटमापरेका परेको बेला सानो सहयोग गर्न पाउनु आफ्नो सामाजिक कर्तव्य भएको बताउनुभयो ।

“देश संकटमा छ संकटको यो घडिमा सबैले सहयोग गर्नु पर्छ, मैले पनि सानो सहयोग गरेको हुँ । जुन समुदाय सधै आर्थिक अभावमा रहेको छ” परीयारले भन्नुभयो ‘आगामी दिनमा पनि आवश्यक परेमा सक्दो सहयोग गर्नेछु ।’ जिल्ला देखी राष्ट्रिय संस्थाहरुको जिम्मेवारी सम्हाल्दै आउनुभएका परीयार परियार युवा राष्ट्रिय अभियान नेपाल संयोजक समेत हुनुहुन्छ ।

राहत वितरणमा वडा नं १५ का अध्यक्ष रमेश कुमार पाण्डे, नेविसंघका नेता सरोज शाह, समाजसेवीहरु अनिल अधिकारी, रोजक रोका, सन्तोष परीयार, यमराज परीयार, प्रहरी प्रसासन लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*