Home / Feature Breaking news / ५ हजार ६ सय ९१ जनाको परिक्षण, १६ जनामा कोरोना पोजेटिभ

५ हजार ६ सय ९१ जनाको परिक्षण, १६ जनामा कोरोना पोजेटिभ

दाङ, २ वैशाख

नेपालमा साढे पाँच हजार बढि व्यक्तीहरुको परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर पाँच हजार ६ सय ९१ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्य १ जना उपचारपछि घर पर्किसक्नुभएको छ । हालसम्म प्रदेश नम्बर २, बाग्मति, गण्डकी र सुदुरपश्चीम क्षेत्रका व्यक्तीहरुलाई संक्रमण भएको पाईएको छ । संक्रमीताहरुसँग सम्पर्कमा रहेका व्यक्तीहरुलाई पनि कोरोना विशेष अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य जाँच भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विश्वभर १९ लाख ३४ हजार ८ सय १५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्य १ लाख २० हजार ४ सय ३८ जनाको मृत्यु भएको छ भने ४ लाख ५६ हजार ७ सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*