Home / समाचार / कांग्रेस नेता डाँगीद्वारा स्वर्गद्धारीमा स्वास्थ्य सामाग्री सहयाेग

कांग्रेस नेता डाँगीद्वारा स्वर्गद्धारीमा स्वास्थ्य सामाग्री सहयाेग

दाङ, ३० चैत ।

कोरोना संक्रमणबाट बच्नको लागि प्युठानको धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्धारीमा रहेका गुरु, पुजारी तथा बटुकहरुलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ ।

लकडाउनको समयमा स्वास्थ्य सामाग्री अभाव भएकाले उनीहरुलाई हस्तान्त्रण गरिएको हो ।
नेपालि कांग्रेस दाङ क्षेत्र नं २ का क्षेत्रिय सभापति भुप बहादुर डांगी र घोराही १५ का समाजसेवी उपेन्द्र शर्मा ( खेमराज) मार्फत संयुक्त रुपमा हस्तान्त्रण गरेका हुन । हेण्ड सेनिटाईजर दुई सय पिस र मास्क दुई सय ५० पि स सहयाेग गरेका हुन ।

आईतवार आश्रममै पुगि प्युठान नगरपालिका मार्फत दुई सय पिस साबुन, दुई सय पिस सर्जिकल मास्क र दुई बोतल फिनाईल नगर प्रमुख अर्जुन कुमार कक्षपतिले आश्रमका पुजारीहरुलाई हस्तान्त्रण गरेका थिए ।

यस्तै स्वास्थ्य सामाग्री पाएपछी आश्रममा बस्ने बटुक, पुजारी, व्यवस्थापन समिती, गुरुहरु लगाएत खुसि भएका छन् । यश पकारकाे सहयाेग पहिलाे पटक पायकाे बतायका थिए । उनीहरले धनयावाद समेत दियका थिए ।
स्वर्गद्धारी आश्रममा अहिले पुजारी बटुक गरेर जम्मा दुई सय रहेक  छन् । काेराेेेनान संक्रमणबाट बच्नको लागि लकडाउन पूर्व नै अन्य स्थानबाट आउने दर्शनार्थिहरुलाई प्रवेशमा रोक लगाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*