Home / Feature Breaking news / वडाबासीको समस्या मेरो समस्या होः वडा अध्यक्ष पाण्डे (यसरी बित्दैछ दैनिकी)

वडाबासीको समस्या मेरो समस्या होः वडा अध्यक्ष पाण्डे (यसरी बित्दैछ दैनिकी)

घोराही, २९ चैत

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड­१९) नेपालमा नफैलियोस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिवार १९ दिन पुगेको छ । लामो लमय लाडकउन हुदा निम्न आयस्तरका व्यक्तीहरु समस्या रहेका छन् । उनीहरुलाई छाँक टार्न समस्या हुने गरेको छ । उनीहरुको समस्या समाधानालागि स्थानीय सरकार लागिपरेको छ । विशेष गरि वडा कार्यालयबाट आफ्नो वडाबासीहरुको समस्या समाधानकालागि लागिपरेका छन् । यसै सन्दर्भमा घोराही उपमहानगरपालिका १५ अर्थात मुख्य बजार क्षेत्र रहेको वडामा के भईरहेको छ । वडा अध्यक्षले के गर्छन् भनेर हामीले वडा अध्यक्ष रमेशकुमार पाण्डेलाई के गदैहुनुहुन्छ वडाबासीको समस्या समाधानलागि ? कसरी बित्दैछ लकडाउनको दिनहरु भनेर सोधेका थियौ ? वडाअध्यक्ष पाण्डेको जवाफ जस्ताको तस्तैः

कोरोना भाईरसको संक्रमण विश्वभर नै फैलिएको छ । यसको संक्रमण फैलन नदिनकालागि सरकारले चैत ११ गतेदेखी लकडाउन गरेको छ । जसको आज १९ दिन भईसक्यो । लकडाउनका कारण जनजिवन प्रभावित भईरहेको छ । १५ नम्बर वडाअध्यक्षको हैसियतले वडाबासीहरुको समस्या मेरो समस्या हो । वडा बासीहरु समस्यामा पर्दा जनप्रतिनीधीलाई सम्झनु स्वभाविक हो । विहानदेखी राति करिब १० बजेसम्म वडाबासीहरुको समस्या समाधानमै जुटिरहेको छु ।

अहिले तपाईसँग कुरा गरिरहदा पनि विकासनगर टोलमा डेरा गरि बस्ने मजदुरहरुले फोन गरेर हाम्रो खाद्यान्य सकियो समस्यामा परको छौ भनेपछि त्यहाँ पुगेर फर्कदै छु । विकाशनगर टोलमा बर्दियाका पाँच जना मजदुरहरु बस्नुहुदो रैछ । उहाँहरुको खाद्यान्य सकियो भन्ने खबरसँगै पुगेर वास्तविकता बुझे । उहाँहरुको खाद्यान्य सबै सकिएर भोकै बस्नुभएको रैछ । अब उहाँहरुलाई खाद्यान्न पु¥याउनु छ ।

Ramesh pandey 2

त्यसपछि फेरी भरतपुरको एउटा टोलमा पुग्नु छ । त्यहाँ पनि मजदुरहरुलाई समस्या प¥यो भन्ने खबर छ । त्यहाँ पुगेर उहाँहरुको समस्या समाधान गरेर बल्ल खाना खाने हो ।

दिउसो सिर्जनशिल टोलमा पुग्नुपर्ने छ । त्यसपछि कताबाट फोन आउछ त्यतै कुद्ने हो । कसको के सकियो आवश्यकता के हो ? बुझ्न्े आवश्यकता पुरा गरिदिने यसैगरि चल्दैछ दैनिकी । वडाबासीहरुको समस्या समाधानमा लागिरहेको छु । अहिलेसम्म साढे दुईदेखी तीन सय घरपरिवारलाई राहत पु¥याएका छौ ।

प्रतिव्यक्ती पाँच केजी चामल, डेढ किलो दाल, आाध लिटर तेल, एक पोका नुन र दुई वटा साबुन दिएका छौ । टोलले हामीलाई सिफारिस गर्छ । वास्तविकता बुझेर टोलले हामीलाई जानकारी गराउछ । त्यसपछि हामी सम्भव भएपछि आफै पुगेर वास्तविकता बुझ्छौ । त्यसपछि आवश्यकताको आधारमा हामीले राहत पु¥याउछौ ।

विशेष गरि १५ नम्बर वडामै घर भएकाहरुभन्दा पनि डेरा गरि बस्ने विद्यार्थीहरु र मजदुरहरुलाई बढि समस्या देखिएको छ । वडामै घर भएका घरपरिवारमध्य तीन वटा टोलका बासिन्दाहरुलाई राहत दिएका छौ । विशेष गरि सिर्जनशिल टोल(पुरानो वादी बस्ती), न्यू कपासी टोलको सुकुम्बासी बस्ती र भरतपुर क्याम्पसदेखी पूर्वतर्फको थारु बस्तीमा राहत पु¥याएका छौ ।

समस्यामा भएका वडाबासीहरुले सिधै मलाई फोन गर्ने गर्नुभएको छ । उहाँहरुलाई मैले टोल विकास संस्थाको माध्यमबाट आउन सल्लाह दिने गरेको छु र सोही अनुसार टोलको सिफारिसमा राहत पु¥याएका छौ । विशेष गरि डेरामा बस्ने मजदुरहरु धेरै समस्यामा हुनुहुन्छ ।

दाङकै, बाँके, बर्दिया, रोल्पा, रुकुम, सल्यानका व्यक्तीहरु लगायत भारतीय नागरिकहरु जो यहाँ दैनिक मजदुरी गरेर जिवन गुजारा गर्नुभएको थियो उहाँहरुको छाकै बसेको छ । केही डेरा गरि बस्ने विद्यार्थीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई खद्यान्न पु¥याएका छौ । जसमा वडा सदस्यहरु, टोल विकास संस्था लगायत युवाहरुको सक्रियता रहेको छ र हामीलाई राहत पु¥याउन सहज पनि भएको छ ।

खबर पाएसम्मका समस्यामा रहेका वडाबासीहरुलाई सहयोग गरिरहेका छौ । १५ नम्बर वडाबासीहरुमध्य यदि कोही समस्यामा हुनुहुन्छ भने सिधै मलाई ९८५७८१५०१५ मा सम्पर्क गर्न अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*