Home / Feature Breaking news / कोरोनाबाट एक लाख बढिको मृत्यु

कोरोनाबाट एक लाख बढिको मृत्यु

 काठमाडौँ, २९ चैत

संसारभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको न्यू योर्क टाइम्सले जनाएको छ।

यसैगरी संक्रमितको संख्या  १६ लाख नाघेको छ।

भाइरसबाट हालसम्म संसारका १७७ मुलुक प्रभावित भइसकेका छन्। यो सूचिमा थपिने पछिल्लो मुलुक युद्धग्रस्त यमन हो।

न्यू योर्क टाइम्सका अनुसार यमनमा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विश्व विवरण अनुसार कोरोनाबाट सबैभन्दा बढी ज्यान अमेरिकामा गएको छ। त्यहाँ शुक्रबार अपरान्हसम्म १८ हजार बढीको ज्यान गएको छ।

दोश्रो नम्बरमा सबैभन्दा बढी ज्यान इटालीमा गएको छ।

यस्तै अमेरिकामा ५ लाख बढीमा कोरोनाको संक्रमण पाइएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले हाल सबैभन्दा बढी प्रभावित हुने पाँच मुलुकमा अमेरिका, इटाली सहित स्पेन, फ्रान्स र जर्मनी रहेका छन्।

संक्रमण सुरु भएको चीनमा भने पछिल्लो समय निक्कै कम मानिसमा संक्रमण भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*