Home / समाज / प्यूठानमा एक व्यक्तीले गरे १२ परिवारलाई सहयाेग

प्यूठानमा एक व्यक्तीले गरे १२ परिवारलाई सहयाेग

हिमाल खडका
दाङ, २६ चैत
कोरोना भाइरसका कारण गरिएकाे लकडाउनकाे समयमा निम्न अायस्तरका व्यक्तीहरूलाई दैनिक जीवन गुजारा गर्न गाह्राे भईरहेकाे समयमा विभिन्न संघसंस्था तथा व्यक्तीहरूले सहयाेग गर्ने क्रम जारी रहेकाे छ । यसै क्रममा प्युठान जिल्ला सरुमारानी गाउपालिकाका समाजसेवी भिम बहादुर मरासिनी (हंसपुरे) ले आफ्नो ब्यक्तिगत तर्फबाट केही सामाग्रीहरु वितरण गर्नुभएको छ ।

भाइरसबाट उच्च जोखिम रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि केही सुरक्षाका सामाग्रीहरु बितरण गर्नुभएको हो । उहाले दर्भान प्रहरी चौकी,बड्डारा प्रहरी चौकी,बाङ्गेसाल

स्वास्थ्यचौकी, जसपुर स्वास्थ्यचौकी, हंसपुर स्वास्थ्यचौकी, बड्डाडा स्वास्थ्य इकाई, ददरी स्वास्थ्य इकाई र किमिचौर स्वास्थ्य इकाईलाई लुज ग्लोब,सर्जिकल मास्क, सेनिटाइजर, हातधुने साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको हो ।

साथै सरुमारानी ६ का समाजसेवी युवाहरु खड्ग बहादुर पुन,भागिराम बुढा र कृष्ण बहादुर पुनको बिशेष पहलमा लक डाउनका कारण समस्यामा परेका बिपन्न,जेष्ठ नागरिक,एकल महिला हरुका करिब १२ परिवारलाई प्रति परिवार १० किलो चामल, १ लिटर तेल, १ किलो दाल , १ किलो आयोडिन नुन र नुहाउने साबुन वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*