Home / समाज / ‘दूध ढुवानी सेवा’ टाँसेर टेम्पोमा अवैध मदिरा !

‘दूध ढुवानी सेवा’ टाँसेर टेम्पोमा अवैध मदिरा !

मकवानपुर, २५ चैत

‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले टेम्पोलाई नियन्त्रणमा लिएको छ।

लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर-२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त टेम्पो चेक गर्दा अवैध मदिरा फेला परेको एसपी सुशीलसिंह राठौरले बताए।

मकवानपुरबाट खटिएको प्रहरी टोलीले दूधको ३ वटा खाली क्यान रहेको र सोही टेम्पोमा ६ वटा जर्किनमा अवैध घरेलु मदिरा १४० लिटर फेला पारेको थियो।

उक्त टेम्पो चालक, मदिरा, टेम्पोलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*