Home / समाचार / दाङ उवासंघद्वारा प्रतिष्ठानलाई पिपिई हस्तान्तरण

दाङ उवासंघद्वारा प्रतिष्ठानलाई पिपिई हस्तान्तरण

दाङ, २४ चैत ।
दाङ जिल्ला उद्योग वाणिज्य संघलेले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ ५० थान पि पि इ हस्तान्तरण गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोवल उच्च वनाउनका लागि पि पि इ प्रदान गरिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य भवानी राणाले प्रदान गरेको १२ वोरा चामल, ३ वोरा चना, ३ पेटी अण्डा, र सिनेट सदस्य तथा पुर्व आइ जि पी नवराज ढकालले प्रदान गरेको १ हजार पिस मास्क प्रदान गरिएको संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।

सामाग्री वुझदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति डा संगिता भण्डारीले सवैको सहयोगले नै अगाडि वढने बताइन । सामाग्रीको समन्वय गरि दिएकोमा उद्योग वाणिज्य संघलाई धन्यावद समेत दिएकी थिइन । सवै मिलेर सामाग्री जुटाउन लाग्नु पर्ने उनको भनाइ रहेको छ ।

हस्तान्तरण कार्यक्रममा नागरिक समाज दाङका सयोजक चन्द्रराज पन्त, घोराही उपमहानगरको तर्फबाट घोराही १४ का वडाध्यक्ष शक्तिराम डागि,राजमो दाङका अध्यक्ष गणेश आचार्य, नेपाल उद्योग बाणिज्य महासघका केन्द्रिय सदस्य धुर्बराज श्रेष्ठ भारि, दाङ जिल्ला उबासघका अध्यक्ष नारायण भुसाल, उपाध्यक्ष बसन्त जोशि, महासचिब नरेश कार्की, कोषाध्यक्ष शुशिल पोख्रेल, कार्य समिती सदस्य महेन्द्र बुढाथोकि, नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रियासन लगायतको सहभागिता रहेको थियो

पत्रकार महासंघ दाङलाइ १ सय पिस मास्क

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघलाई १ सय पिस मेडिकल मास्क प्रदान गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलाई प्रदान गरेको संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिएका छन् ।

डेरीभरी सेवाको अनुगमन जारी

संघले लकडाउनको अवसरमा सुरु गरेको होम डेलिभरी सेवाको वारेमा अनुगमन जारी राखेको छ । अनुगमनमा संघले तोकेको मुल्य भन्दा वढी मुल्य लिएको नलिएको, सामान खरिद गर्दा दुरी कायम गरे नगरेको वारेमा अनुगमनमा हेरीएको संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

अनुगमनमा कतियले वढी मुल्यमा विक्री गरेको पाए पछि उनीहरुलाइ कारवाही समेत गरिएको उनले बताए । अनुगमनमा संघका सदस्यहरु रामप्रसाद पोख्रेल, महेन्द्र वुढाथोकी लगाएतको टोली गाऊगाऊ सम्म पुगेर अनुगमन गरि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*