Home / Feature Breaking news / लकडाउन वैशाख ३ गतेसम्म थप

लकडाउन वैशाख ३ गतेसम्म थप

काठमाडौं।

मन्त्रिपरिषद् बैठकले लकडाउन थप आठदिन लम्ब्याएर वैशाख ३ सम्म कायम राख्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ सम्म कायम गरिएको थियो ।

गत बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि सरकारले थप कडाइ गरेको थियो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहजानसम्म निषेध गरेर लकडाउनलाई अझ कसिलो बनाएको थियो ।

सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान पनि रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*