Home / Feature Breaking news / दाङ चेम्बरको फ्रि होम डेलिभरी सेवा सुरु, यसरी गर्नुस् अर्डर

दाङ चेम्बरको फ्रि होम डेलिभरी सेवा सुरु, यसरी गर्नुस् अर्डर

घोराही, २४ चैत 

दाङ चेम्बर अफ कमर्सले लकडाउनको समयमा फ्रि होम डेलिभरीको सुविधा दिने भएको छ । कोरोना भाईरस (कोभिड­१९) को संक्रमण नफैलियोस् भनेर सरकारले घोषणा गरेको लकडाउनको समय अवधिभर घोराही क्षेत्रमा अत्यावश्यक सामाग्रीहरु माग अनुसार फ्रि होम डेलिभरीको सुविधा दिने बताएको छ ।

घोराही १५ मा रहेको एक कल समस्या हलसँगको सहकार्यमा सोमवारदेखी फ्रि होम डेलिभरीको सुविधा दिन सुरु गरिएको  दाङ चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष दिपक सुवेदीले जानकारी दिनुभयो । फोनको आधारमा फ्रि डेलिभरीको सुविधा दिने उहाँले जानकारी दिनुभयो ।

खाद्यान्य सामाग्री, तरकारी तथा फलफुल र मासु तथा अण्डाहरु डेलिभरीको सुविधा दिईने उहाँले बताउनुभयो । घोराही मुख्य बजारदेखी ६ किलोमिटरसम्मका् दुरीमा सेवा प्रदान गरिने उहाँले बताउनुभयो । फोनको आधारमा होम डेलिभरी सुविधा दिदा गाडीभाडा र स्टाफ खर्चको भार ग्राहकहरुलाई नपर्ने भएकाले फोन अर्डरको व्यवस्था गरिएको सुवेदीले जानकारी दिनुभयो ।

जसकालागि ९८०१३५३८८७ र ९८१०८९११३८ मा फोन गरेर अर्डर गर्न सकिने दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो । यसका साथै https://www.facebook.com/EK-CALL-Samasya-HALL-1730163337253463 मा लग ईन गरेर पनि अनलाईन अर्डर गर्न सकीने उहाँले बताउनुभयो । डिजीटल भुक्तानी गर्ने ग्राहकहरुलाई १ प्रतिशत छुतको व्यवस्था गरिएको महराले जानकारी दिनभुयो ।

चेम्बरले मुल्य सुचीपनि सार्वजनिक गरेको छः

chember

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*