Home / Feature Breaking news / विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा हुनुहुन्छ ? दुई हप्ता घरमै बसिदिनूस्

विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा हुनुहुन्छ ? दुई हप्ता घरमै बसिदिनूस्

काठमाडौं ।

गएको तीन हप्ताभित्रमा विदेशबाट फर्किएको व्यक्तिसँग सम्पर्कमा रहेको भए अबको दुईहप्तासम्म घरमा बसिदिन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका इन्सिडेन्ट कमाण्ड सिष्टम कोअर्डिनेटर डा. गुणराज लोहनीले जारी गरेको सूचनामा भनिएको छ, “गएको तीन हप्ता भित्र यदि तपाईँ विदेशबाट फर्केको व्यक्तिसँग सम्पर्कमा आउनुभएको छ भने वा कोरोना भाइरस रोग लागेको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने अबको दुई हप्तासम्म घरमा बसिदिन अनुरोध छ । अरु व्यक्तिहरुबाट कम्तिमा एक मिटरको दूरी कायम गरिदिनुहोला । यदि तपाईँलाई ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध छ । तपाईँको सानो सहयोगले समुदायमा कोरोना भाइरस रोग फैलिनबाट रोक्न ठूलो मद्दत पुग्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*