Home / Feature Breaking news / कोरोनाले पछिल्लो २४ घण्टामा ४ हजार ७२८ को मृत्यु

कोरोनाले पछिल्लो २४ घण्टामा ४ हजार ७२८ को मृत्यु

दाङ, २४ चैत

कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ । यसमध्ये २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार १५९ जनाको मृत्यु भएको छ । स्पेनमा २४ घण्टामा ६९४ को मृत्यु हुँदो सोही अवधीमा इटलीमा ५२५, फ्रान्समा ५१८, बेलायतमा ६२१ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा ७१ हजार २५४ जनामा कोेरोनाको संक्रमण भेटिएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकामा २५ हजार १९३ मा संक्रमण देखिएको छ ।

स्पेनमा २४ घण्टामा ५ हजार ४७८, इटलीमा ४ हजार ३१६, जर्मनीमा ४ हजार ३१ तथा फ्रान्समा २ हजार ८८६ नयाँ संक्रमित भेटिएका छन् ।

सोमबार बिहान ६ बजेसम्म कोरोनाका विश्वभरमा ६९ हजार ४१८ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटलीमा १५ हजार ८८७ जनाको कोरोनाका कारण ज्यान गएको छ भने स्पेनमा १२ हजार ६४१, अमेरिकामा ९ हजार ६१० तथा फ्रान्समा ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*