Home / Feature Breaking news / प्रदेश पाँचमा दश व्यक्ती होम क्वारेन्टाइनमा

प्रदेश पाँचमा दश व्यक्ती होम क्वारेन्टाइनमा

दाङ, १७ चैत

कोरोना भाईरस (कोभिड­१९) का कारण अहिले विश्व नै त्रासमा रहेको छ । कोरोनाबाट बच्नकालागि नेपालले पनि सतकर्ता अपनाएको छ ।

छिमेकी देश चिनबाट सुरु भएको कोरोना संक्रमण अर्को छिमेकी देश भारतमा पनि फैलिएपछि नेपाल सरकारले पनि सतकर्ता अपनाउदै चैत ११ गतेदेखी देशभर लकडाउन गरेको छ । लकडाउनसँगै हरेक प्रदेशमा क्वारेनटाईन स्थापना गर्ने सरकारको निर्णय अनुसार प्रदेश सरकारको सक्रियतामा प्रदेशका महत्वपूर्ण जिल्लाहरुमा क्वारेनटाईन स्थापना गरिएको छ । यस्तै प्रदेश सरकारको निर्देशनमा हरेक पालिकाहरुले क्वारेनटाईन स्थापना गरेका छन् ।

सरकारले कोरोना संक्रमीत देशहरुबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । भारत लगायत अन्उय देशहरुबाट आएका नेपालीहरुलाई सुरक्षीत रुपमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो । कोरोना विशेष अस्पताल र घरमै सुरक्षीत रुपमा क्वारेनटाईमा बस्न सरकारले अनुरोध गरेको छ । यदि त्यस्ता व्यक्तीहरु क्वारेन्टाइनमा नबसेको पाईएमा काननी कारबाही अन्तरगत कैद सजाय हुने बताएको छ ।

सरकारको अनुरोध अनुसार पाँच नम्बर प्रदेशमा १० जना व्यक्तीहरु होम क्वारेन्टाइनमा बसेका छन् । रुपन्देहीमा ६ जना पुरुष र १ जना महिला एवं प्यूठानमा ३ जना पुरुषहरु प्रहरीलाई जानकारी गराएर होम क्वारेन्टाइनमा बसेका छन् । पाँच नम्बर प्रदेशमा १० जना पाँच नम्बर प्रदेशमा स्थापना गरिएका १ सय ९८ वटा क्वारेनटाइनमा ५ सय ६० जना व्यक्तीहरु भर्ना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*