Home / Feature Breaking news / वीर अस्पतालमा दुईजनाको मृत्यु, कोरोना परीक्षणका लागि स्याम्पल पठाइयो

वीर अस्पतालमा दुईजनाको मृत्यु, कोरोना परीक्षणका लागि स्याम्पल पठाइयो

काठमाडोँ, १७ चैत

काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ ।

त्यसैगरी एकजना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

दुबै जनाको मृत्युको कारण नखुलेको भए पनि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी गराए ।

उनका अनुसार मृतक युवती चन्द्रागिरि नगरपालिका–१५ बाट आएकी थिइन् । उनमा ज्वरो र निमोनिया देखिएको थियो भने अर्का युवक कालीमाटी क्षेत्रबाट आएका थिए । उनी केहीदिन अघि मात्रै भारतबाट आएको बताइएको छ ।

सेन्चुरीका अनुसार उनी भारतबाट आएको १४ दिन पनि पूरा भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*