Home / Feature Breaking news / पाँच नम्बर प्रदेशमा एक सय ९८ क्वारेन्टाइन, पाँच सय ६० जना भर्ना

पाँच नम्बर प्रदेशमा एक सय ९८ क्वारेन्टाइन, पाँच सय ६० जना भर्ना

दाङ, १६ चैत

कोरोना भाईरस (कोभिड­१९) का कारण अहिले विश्व नै त्रासमा रहेको छ । कोरोनाबाट बच्नकालागि नेपालले पनि सतकर्ता अपनाएको छ ।

छिमेकी देश चिनबाट सुरु भएको कोरोना संक्रमण अर्को छिमेकी देश भारतमा पनि फैलिएपछि नेपाल सरकारले पनि सतकर्ता अपनाउदै चैत ११ गतेदेखी देशभर लकडाउन गरेको छ ।

लकडाउनसँगै हरेक प्रदेशमा क्वारेनटाईन स्थापना गर्ने सरकारको निर्णय अनुसार प्रदेश सरकारको सक्रियतामा प्रदेशका महत्वपूर्ण जिल्लाहरुमा क्वारेनटाईन स्थापना गरिएको छ । यस्तै प्रदेश सरकारको निर्देशनमा हरेक पालिकाहरुले क्वारेनटाईन स्थापना गरेका छन् ।

पाँच नम्बर प्रदेशमा १ सय ९८ वटा क्वारेनटाईनहरु स्थापना गरिएको छ । जस अनुसार दाङमा १७, बाँकेमा ८, बर्दियामा १९, कपिलवस्तुमा १८, रुपन्देहीमा १६, पश्चीम नवलपरासीमा १४, पाल्पामा २४, गुल्मीमा २६, अर्घाखाचीमा ३४, प्यूठानमा १९, रोल्पामा १ र रुकुम पूर्वमा २ गरि कुल १ सय ९८ वटा क्वारेनटाईनहरु स्थापना गरेर सञ्चालनमा रहेका छन् । १ सय ९८ क्वारेनटाईनमा २ हजार २ सय ७२ वडा बेडहरु रहेका छन् ।

पाँच नम्बर प्रदेशका यी क्वारेनटाईनहरुमा ५२ जना महिला र ५ सय ८ जना पुरुषगरि ५ सय ६० जना व्यक्तीहरु भर्ना भएका छन् । दाङमा २०, बाँकेमा ३९, बर्दियामा १ सय ११, कपिलवस्तुमा १ सय २, रुपन्देहीमा ८८, पश्चीम नवलपरासीमा ३६, पाल्पामा ४०, गुल्मीमा २८, अर्घाखाचीमा ३०, प्यूठानमा ३०, रोल्पामा १ र रुकुम पूर्वमा ३५ जना भर्ना भएका छन् ।

हालसम्म ६० जना पुरुष र १२ जना महिला गरि ७२ जना उपचारपछि डिस्चार्ज भईसकेका छन् । उनीहरु डिस्चार्ज भएसँगै हाल ४ सय ७८ जना व्यक्तीहरु  क्वारेटनाईनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*