Home / Feature Breaking news / राष्ट्रिय आविष्कार केन्द्रले बनाउन थाल्यो पिपिई

राष्ट्रिय आविष्कार केन्द्रले बनाउन थाल्यो पिपिई

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामी जाँच्ने चिकित्सकले लगाउने एप्रोन (प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) बनाउन सुरू गरेको छ।

बुधबार स्याम्पल तयार गरिएको र आजबाट उत्पादन सुरू गरिएको आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी दिए।

‘नेपालमा यस्ता एप्रोनको अभाव रहेछ, देशभरका अस्पतालबाट माग आइरहेको छ,’ उनले सेतोपाटीसँग भने।

हाल करिब ४ सय वटा मात्रै एप्रोन बनाउन पुग्ने कच्च पदार्थ रहेको पुनले बताए।

‘अहिले आविष्कार केन्द्रकै खर्चमा कच्चा पदार्थ ल्याएका हौं। धेरै अस्पतालबाट एप्रोनको माग छ। कहाँ-कहाँ पुर्याउने?,’ उनले भने, ‘सामान भए हामी जति पनि बनाउन सक्छौं। तर सामानै छैन।’

प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्टको डिजाइन पनि आविष्कार केन्द्रले नै गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*