Home / समाचार / कांग्रेस दाङको आग्रह­ ‘कोरोनाबाट बच्न सचेत रहनुहोस्’

कांग्रेस दाङको आग्रह­ ‘कोरोनाबाट बच्न सचेत रहनुहोस्’

दाङ, १० चैत

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नकालागि सचेत रहम सम्पूर्णमा नेपाली कांग्रेस दाङले अनुरोध गरेको छ ।

कोरोना भाईरलका कारण देशभर त्रासको वातावरण भईरहेको समयमा सचेत रहन कांग्रेस दाङले सम्पूर्ण दाङबासी लगायत सम्पूर्णमा अनुरोध गरेको छ ।

कांग्रेस दाङका सभापति कृर्तिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले सोमवार एक विज्ञप्ती निकालेर कोरोना भाईरसबाट बच्न चिकित्सकहरुको सल्लाह अनुसार व्यक्तीगत रुपमा सचेत रहन सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

सम्भावित जोखिम सामानाकालागि दक्ष जनशक्ती तयार राख्न, जरुरी उपकरणहरुदेखी आईसोलेसन वार्ड, वैकल्पीक क्वारेनटाईनहरु तथा आईसियूसम्मको अभाव हुन नदिन युद्धस्तरमा काम गर्न विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।

यस्तै आवश्यक खाद्यान्नको थप मुल्य वृद्धिसँगै कालोबजारी फस्टाएकाले बजारमा सरकारका सम्बन्धीत निकायहरुको उपस्थितिबाट उपभोक्ताहरुको हित संरक्षण जरुरी आवश्इक रहेकाले यसतर्फ ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराईएको छ ।

‘समग्र निजी क्षेत्रको मनोबल उच्च राख्ने गरि बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधी थप्न आवश्यक छ’ विज्ञप्तीमा भनिएको छ­ ‘सेल्फ क्वारेनटाईनमा बस्नुपर्ने स्थिति आएमा विशेष गरि गरिबीको रेखामूनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जिवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवश्था बन्ने देखिनछ । उनीहरुकालागी रहतको योजना ल्यानउन सरकारसँग माग गर्दछौ ।’

साथै विज्ञप्तीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई कोरोनाबाट सकर्त रहन र एक भएर यसको सामना गर्न अपील पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*