Home / Feature Breaking news / लमहीमा नदिजन्य पदार्थ उत्खन्न क्षेत्रको अनुगमन

लमहीमा नदिजन्य पदार्थ उत्खन्न क्षेत्रको अनुगमन

लमही,७ चैत । लमही नगर स्तरिय नदिजन्य पदार्थ उत्खन्न ओसार पसार र प्रयोगलाई व्यवस्थित गर्न गठित अनुगमन समितिले शुक्रबारले अनुगमन गरेको छ । नगरपालिकाले उत्खन्न र बितरणका लागी ठ्ेक्का सम्झौता गरेको राप्ती नदि क्षेत्रका २ स्थानको अनुगमन गरेको हो ।

अनुगमन समितिले लमही– ४ मा रहेको राप्ती नदिको गुज्रीहवा र बुटकवा घाटको अनुगमन गरेको थियो । नदि जन्य पर्दाथ उत्खन्न ओसार पसार र बितरणको लागी सनतोष बुढाथोकीसग ठेक्का सम्झौता गरेको छ । अनुगमनको क्रममा बुटकवा घाटबाट नदिजन्य पर्दाथको उत्खनन्को काम शुरु नभएको र गुज्रीहवाघाटबाट उत्खन्नको काम भैरहेको पाइएको छ । अनुगमनकर्ताहरुले नदिजन्य पर्दाथको उत्खन्न क्षेत्रको सिमा देखिने गरि सांकेतिक चिन्ह राख्नुपर्ने, उत्खनन् गर्ने स्थानमा कति मिटर गहिराई, कति मिटर लम्बाई र चौडाईबाट उत्खनन गरिने हो त्यसको बोर्ड राख्न ठेकेदारलाई सुझाब दिएको थियो ।

लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको अगुवाईमा नागरिक समाज दाङका सयोजक निमबहादुर थापा, डिभिजन बन कार्यालयका निमित्त प्रमुख देबिप्रसाद चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलिया, सशस्त्र प्रहरी अर्जुन खोलाका डिएसपी ईश्वरीदत्त भट्ट , नेपालपत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह, लमही नगरपालिका वडा नं.४ का अध्यक्ष, नेकपाका प्रतिनिधिलगायतको उपस्थीतिमा अनुगमन गरिएको थियो ।

लमही नगरपालिकाबाट अबैध रुपमा नदिजन्य पर्दाथको उत्खन्न र निकासी भएको गुनासो बढेपछि लमही नगरपालिकाले नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा लमही नगरपालिका क्षेत्रभित्रका राजनितिकदल, पत्रकार र अन्य सम्बन्धित सरोकारवालाका कार्यालयको प्रमुख वा प्रतिनिधि सहभागि हुने गरि समिति बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*