Home / Feature Breaking news / राप्ती गाँउपालिकाका १५ निर्णयहरु

राप्ती गाँउपालिकाका १५ निर्णयहरु

तिर्थराज ज्ञवाली
चैत्र ६, देउखुरी 

राप्ती गाउँपालिका गाउँकार्यपालिकाको १३ औ बैठकले १५ विषयमा नयाँ निर्णय लिएको छ ।

गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकबाट कोरना भाईरसको संक्रमण प्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि कार्य सुरुवात गर्दै विभिन्न योजनाहरुको नाम र रकममा स्थानिय नागरिकको चाहना अनुसार कार्य गर्ने निर्णय गरेको छ ।

बैठकले कोरना भाईरसको संक्रमण प्रति सजगता, रोकथाम तथा नियन्त्रण प्रयासहरु को वारेमा  जानकारी गराउदै सर्ब साधारण लाई नडराई सजगता अपनाउन समेत सबैमा आग्रह गरेको राप्ती गाउँपालिका गाउँकार्यपालिका प्रबक्ता विद्याशरण चौधरीे जानकारी दिनु्भएको छ ।

बैठकले नमूना आँपखोली ट्याङ्की निर्माण कार्यको रकम, पशु सेवा शाखाबाट प्राप्त बजेटको शिर्षक रकम, ४ नं वडाको बजेट स्रोतान्तर र योजना परिवर्तन, ६ नं वडाको बगरापुर सगरापुर नाली, ९ नं वडाबाट प्राप्त बाटो, २ नं वडाको बराखुट्टी देखि आदर्श मा वि को बाटो, ५ नं वडाबाट प्राप्त रकम, प्रगन्ना तथा बडका पथ सिचाई आयोजनाको सिफारिस,मुक्त कमैया उत्थान कार्यक्रमको रकम लगायतका विषयमा निर्णय गरिएको  प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाले जानकारी दिनुभएको छ ।

पछिल्लो समयमा छिटैहुने गाउँसभामा लैजाने गरि कार्यपालिका बैठकमा सर्वहीत बचत तथा सहकारी संस्थाका सम्बन्धमा, ४ नं वडा अन्तरगत दोलेखोला पक्की पूल निर्माणको डिपिआर, करन्दी सामूदायिक भवनको निमार्ण सहयोग, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम माग गरेका विद्यालयहरुको सिफारिसका विषयमा समेत निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*