Home / Feature Breaking news / एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

चैत ६ गते बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा हाललाई स्थगित भएको जनाएका छन्।

बुधबार कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सार्वजनिक गरेको निर्णयमा भने एसइई परीक्षा नसर्ने जानकारी गराइएको थियो।

यसअघि समिति बैठकले बुधबार विद्यालय र क्याम्पसमा पढाइ चैत मसान्तसम्म रोक्ने निर्णय गरेको थियो ।

यस्तो थियो तयारी

एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।

परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो।

बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो।

सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*