Home / Feature Breaking news / बंगलाचुलीमा विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश

बंगलाचुलीमा विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश

दाङ,१८ फागुन । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर १ ले आइतवार बोजपोखरामा कार्यकर्ता संग अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संविधानसभा सदस्य राजु खनालले नेपाली कांग्रेसलाई गाउँ स्तरसम्म एक ढिक्का बनाएर लैजानु पर्ने वताए । सिंगो पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने हरेक नेता तथा कार्यकर्ताहरुको दायित्व रहेको भन्दै खनालले व्यक्तिगत स्वर्थको भावना सधैँका लागि अन्त्य हुनुपर्ने वताए ।

वर्तमान सरकारको आलोचना गरेका खनालले सरकारका एक पछि अर्को काण्डले जनता आजित बनिसकेको वताए । दुई तिहाईको शक्तिशाली वर्तमान सरकारले नेपाली जनतालाई ठूलो विश्वासघात गरेको भन्दै संविधानसभा सदस्य खनालले भने ‘कम्युनिष्टले जनतालाई दिएको ज्यादतीका अन्त्यका लागि अब कांग्रेस शक्तिशाली बन्नै पर्छ ।’ बर्षौँदेखि जनताको पक्षमा लड्दै आएको कांग्रेसले अहिलेको सरकारले दिएको दुख टुलुटुलु हेरेर बस्न नसक्ने समेत उनको भनाई थियो । यसका लागि सबै भन्दा पहिला कांग्रेस आँफू बलियो हुनुपर्ने उनको भनाई थियो ।

पार्टीभित्रको तिक्तता मेटेर बंगलाचुलीमा सशक्त कांग्रेस निर्माणका लागि जुट्न उनले सबैलाई आग्रह समेत गरे । वडा सभापति भुपाराम पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथी महासमिति सदस्य खगराज पाण्डे,कांग्रेस जिल्ला सदस्य भेषराज खत्री,बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, वडा अध्यक्ष पदम खत्री लगाएतले आआफ्नो धारणा राखेका थिए । साथै त्यस अवसरमा खुमवहादुर बुढाथोकीको नेतृत्वमा एक दर्जन बढि कांग्रेसमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*