Home / Feature Breaking news / अमिलिया चोकमा खुमबहादुर खड्काको शालिक शिलान्यास गरिने

अमिलिया चोकमा खुमबहादुर खड्काको शालिक शिलान्यास गरिने

दाङ, १८ फागुन । नेपाली कांग्रेसका नेता एव पूर्वमन्त्री स्व खुमबहादुर खड्काको शालिक स्थापनाको लागि शिलान्याश गरिने भएको छ ।

क्रान्ति नायक स्वर्गीय खड्काको देउखुरीको लमही नगरपालिका वडा नं. ९ को अमिलिया चोकमा शालिक स्थापना गर्न थालिएको हो । उक्त शालिकको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डागीले जानकारी दिएका छन । फागुन १९ गते सोमवार विहान ११ बजे हुने कार्यक्रममा उपस्थीतिका लागि समेत सवैमा आग्रह गरेका छन ।

जिल्ला सचिव डागीले उक्त कार्यक्रममा सहभागिताका लागि पार्टीका नेता, कार्यकर्ता, भ्रातृ तथा भगिनी संस्था, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण नागरिकमा दाङ कांग्रेसले आग्रह गरेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*