Home / Feature Breaking news / रामपुर र बाह्रकुनेमा काग्रेसको कार्यक्रम

रामपुर र बाह्रकुनेमा काग्रेसको कार्यक्रम

दाङ, १६ फागुन ।

नेपाली काग्रेसले आज शनिवार दाङको रामपुर र बाह्रकुनेमा अलग अलग कार्यक्रम सम्पन्न गरेको छ । काग्रेस घोराही उपमहागरपालिका वडा नं १ र २ को सम्युक्त आयोजनामा रामपुरमा कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम र काग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बाह्रकुने दहमा वडा समितिको बार्षिक साधारणसभा र वनभोज कार्यक्रम सम्पन्न भएका छन ।
नेपाली काग्रेस वडा नं २ का सभापति रेवतीप्रसाद घिमिरेको सभापतित्व एंव काग्रेस दाङका सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यतमा रामपुरमा भएको कार्यक्रममा नेकपा पार्टी छोडेर दुइ सय ५० नेकपाका कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेका छन ।
पूर्वि दाङका पुराना बामपन्थी नेता गिरिराज गिरिराज गिरी, टेकबहादुर चौधरी, दण्डीराम पाण्ड लगायत २ सय ५० जना नेकपा परित्याग गरी काग्रेसमा प्रवेश गरेका छन । उनीहरुलाई पार्टी जिल्ला सभापति खड्का र काग्रेस नेता कमलकिशोर घिमिरेले पार्टी सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनु भएको थियो ।
पार्टीभित्र सम्मान नभएको, पार्टीमा बिचलन आएको, आफ्ना क्षमता नभएकालाई काखी च्याप्ने र क्षमतावान पुराना कार्यकर्तालाई वेवास्त गर्ने पार्टीमा बसेर जनहितमा काम गर्न नकिने भन्दै आफूहरु काग्रेसमा प्रवेश गरेको उनीहरुले कार्यक्रममा बताएका थिए ।
कार्यक्रममा बोल्ने काग्रेस नेताहरुले अहिले दुइ तिहाइको बामपन्थी सरकारले जनहितमा काम गर्न नसेकेको भन्दै सरकारको आलोचना गरेका छन । काग्रेसका पालामा धेरै काम भएको भन्दै बक्ताहरुले काग्रेसले अव आफूलाई सच्चाएर जनहितमा लाग्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी जिल्ला सभापति खड्काले काग्रेस सत्तामा नभएको बेलामा पनि जिल्लाभर काग्रेसमा प्रवेश गर्नेको लर्को लाग्नुले पनि वर्तमान सरकारले काम गर्न नसकेको भन्ने स्पष्ट हुने दावी गर्नुभयो ।
कार्यक्रममा काग्रेस नेता कमलकिशोर घिमिरेले काग्रेसको पहलमा रामपुर क्षेत्रमा बिकास निर्माण भएका कार्यक्रमबारे जानकारी गराउदै वर्तमान निर्वाचित जनप्रनिधि सहित अहिलेको सरकारले रामपुर क्षेत्रका लागि उल्लेखनिय कुनै पनि योजना ल्याउन नसेकको बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका पूर्व जिल्ला सभापति बीरकेशरी गौतम, काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, काग्रेस नेता कमलकिशोर घिमिरे, काग्रेस क्षेत्रीय सभापतिहरु भूपबहादुर डाँगी, भेषराज खत्री र गिरिराज सुवेदी, काग्रेस नेता जानकालाल बस्नेत, मधु न्यौपाने, नेपाल विद्यार्थी संघका निरज पाण्डेय लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेपाली काग्रेसका क्षेत्रीय सचिव चुडामणि आचार्यले गर्नु भएको थियो ।
बाह्रकुनेमा पनि कार्यक्रम
यसैबिच नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बाह्रकुने दहमा भएको वडा समितिको बार्षिक सधारणसभामा “हाम्रो काग्रेस हाम्रो सम्पर्क”नाम वडा समितिले प्रकाशन गरेको पुस्तकको बिमोचन गरिएको छ ।
वडा सभापति प्रकाश श्रेष्ठको सभापतित्व एंव संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा प्रमुख अतिथि खनालले पुस्तकको बिमोचन गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खनालले वर्तमान सरकार जनताको हितमा भन्दै पनि सत्तामा रहेका नेताहरुको ब्यक्तिगत फाइदामा लागेको दावी गर्नुभयो । वर्तमान सरकारमा रहेका मन्त्रि र जिम्वेवार नेताहरुका काण्डले पनि सरकारले कसको पक्षमा काम गरिरहेको छ भन्ने स्पष्ट भएको भनाई उहाँको छ ।
नेपाली काग्रेस १५ नं वडा समितिका सहसचिव शिशिर अधिकारीको स्वात मन्तब्यबाट शुरु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष निरज गिरी र सांगठनिक प्रतिवेदन सुनिल देवकोटाले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काग्रेस दाङका उपसभाति कमानसिंह भारती, घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पूर्व जिल्ला सचिव ध्रुव ज्ञवाली, महासमिति सदस्य पुष्पा श्रेष्ठ, नगरसभापति मनोज बुढाथोकी, किशोरचन्द्र गौतम, दिलिपकुमार डिसी, तिलक रावत लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण वडा सचिव लेखराज बुढाथोकीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*